१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

रौतह भन्सारबाट तस्करी तीब्र ,घुमुवाहरु परिचालन !

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १२, २०८२

रौतहट । नेपालमा जेन-जेड आन्दोलन भए संगै रौतहट जिल्लामा अवैध कारोबार तस्करी फेरि बढ्दै गएको छ। गौर भन्सारबाट दर्जनौं तस्करहरुले ट्रक भरिएको मालसामान भन्सार छलि गरि शस्त्र प्रहरी र नेपाल प्रहरीको आशिर्वादले तस्करहरुले पटकपटक गरि ट्रकका ट्रक मालसमान गौर बजारमा भित्र्याउने गरेको श्रोतले बताएको छ।दर्जनौं तस्करहरुले गौर भन्सारमा तैनाथ शस्त्र प्रहरी र नेपाल प्रहरी र भन्सार गार्डको मिलिजुलीमा उक्त दर्जनौं तस्करहरुले तस्करी गर्न उन्मुक्ति पाएका श्रोतको दाबी छ। रौतहट प्रहरी प्रमुखको रुपमा रविन कार्की रौतहट आएपछि नाकामा कडाई गर्न भनेता पनि बोर्डर संग सम्बन्धित युनिट र बिओपी र घुमुवाहरुको सेटिङ्गमा ठुलो तस्करी देखि मझौला तस्करहरुले भन्सार छलिका स-समान व्यापक रुपमा कारोबार बढेको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालय रौतहटले तस्करी नियन्त्रण तथा अपराध नियन्त्रणका लागि सादा पोसाकमा खटाएको घुमुवाले तस्करी नियन्त्रणको साटो झन तस्करी बढाएको बताइन्छ । तस्करहरुले सीमावर्ती भारतीय बाजारबाट ठूलो मात्रामा समानहरु खरिद गरि मुख्य नाका गौर भन्सार, लक्ष्मीपुर बेलबिक्षवा, महादेवपटी बंजरहा,मठिया,जयनगर,लतमडी,रामपुरखाप,बंकुल सहित दर्जनौं नाका भएर भित्र्याउने गरेको पाइएको छ। शस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा जेन-जेड आन्दोलन पश्चात् खुलेयाम भारतीय समानहरु हार्डवेयर, लत्ताकपडा, किराना,मलखाद,बिउ सहितका समानहरु भन्सार छलि गरि नेपालमा भित्र्याउने कार्य भईरहेका छ।अहिले रौतहटको पश्चिम एरियाबाट तस्करीका ठुलो लाईन चलिरहेको श्रोतले जनाएको छ। रौतहट बंकुल र नरकटिया नाकाबाट पिकप र ट्याक्टरमा चाईनिज लसुन,अखरोट,स्याउ सहित विभिन्न समानको तस्करी भई रहेको छ। यसैगरी भारतबाट भन्सार छलि गरि ल्याएका कपडा,हार्डवेयर,किराना,स्पेयर पार्टस्,कस्मेटिक सहितका समानहरु शस्त्र प्रहरी र नेपाल प्रहरी र घुमुवाहरुको संरक्षणमा गरुडा,चपुर बजार सम्म सानो दुरी तथा लामो दुरीका सवारीसाधनमा तस्करहरुले सेटिङ्ग गरी पुर्याउने गरेको छन। पटक पटक बिवादमा परेका नेपाल प्रहरीका सहायक हवल्दार नविन पाल अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रही घुमुवाको रुपमा प्रचलित छन्। रौतहटका नेपाल प्रहरी र सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुको सेटिङ्गमा झोला-पोकामा समान ल्याउने तस्करहरु सँगको सेटिङको अधारमा तस्करी धन्दा मौलाउँदै गएको स्थानीय व्यापारीहरुलेनै वताउँदै आएका छन।तस्करी कार्यमा संम्लग्न भएका तस्करले भारतका बोर्डरमा बसेका शस्त्र प्रहरी तथा चौकीका प्रहरीलाई मिलाएर तस्करले अबैध कारोबारी गरिरहेको बुझिएको छ। भारत बिहार राज्यका बैरगनिया,ढाका,चैनपुर तथा घोडासाहन बजारबाट सर्वसाधारणले घरायसी प्रयोजनका लागि समानहरु ल्याउँदा शस्त्र प्रहरी र नेपाल प्रहरी ले आन्सिक दु:ख दिने तर तस्करहरुले सेटिङ्गको रुपमा ल्याउँदा बिना कुनै झणझटको ल्याउन दिने स्रोतले जनाएको हो। त्यस्तै रौतहट जिल्लाको महादेवपट्टी, लक्ष्मीपुर बेलबिक्षवा, बंजरहा नाकाबाट खुल्याम रातीमा बिहारमा प्रतिबन्धित रहेको मदिरा तस्करी भईरहेका छन। तर प्रहरी मुखदर्शक बनेर बसेका छन किन?त्यसतै बंजरहा, अौरैया, जयनगर, बंकुल,लतमडी, राजपुर डमार बाट रेडिमेड कपडा, किरानाका समान तथा हार्डवेयरका समानहरु तस्करी भईरहेको स्थानीयले जनाएको छ। जुनसुकै पनि नाकाबाट तस्करी हुदा त्याहाँका प्रहरीलाई कार्वाही गर्ने भनेता पनि प्रहरी प्रमुख मुखदर्शक बनी बसेका छन। तस्करीकै कारण छोटो समयमा दुई प्रहरी प्रमुख सहित कयौंलाई हेडक्वाटर तानिएको थियो। भने घुमुवा संग सेटिङ्गमा मात्रै तस्करहरुको अहिले दर्जनौं नाकामा रजगज बनेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!