१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

रौतह भन्सारबाट तस्करी तीब्र ,घुमुवाहरु परिचालन !

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १२, २०८२

रौतहट । नेपालमा जेन-जेड आन्दोलन भए संगै रौतहट जिल्लामा अवैध कारोबार तस्करी फेरि बढ्दै गएको छ। गौर भन्सारबाट दर्जनौं तस्करहरुले ट्रक भरिएको मालसामान भन्सार छलि गरि शस्त्र प्रहरी र नेपाल प्रहरीको आशिर्वादले तस्करहरुले पटकपटक गरि ट्रकका ट्रक मालसमान गौर बजारमा भित्र्याउने गरेको श्रोतले बताएको छ।दर्जनौं तस्करहरुले गौर भन्सारमा तैनाथ शस्त्र प्रहरी र नेपाल प्रहरी र भन्सार गार्डको मिलिजुलीमा उक्त दर्जनौं तस्करहरुले तस्करी गर्न उन्मुक्ति पाएका श्रोतको दाबी छ। रौतहट प्रहरी प्रमुखको रुपमा रविन कार्की रौतहट आएपछि नाकामा कडाई गर्न भनेता पनि बोर्डर संग सम्बन्धित युनिट र बिओपी र घुमुवाहरुको सेटिङ्गमा ठुलो तस्करी देखि मझौला तस्करहरुले भन्सार छलिका स-समान व्यापक रुपमा कारोबार बढेको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालय रौतहटले तस्करी नियन्त्रण तथा अपराध नियन्त्रणका लागि सादा पोसाकमा खटाएको घुमुवाले तस्करी नियन्त्रणको साटो झन तस्करी बढाएको बताइन्छ । तस्करहरुले सीमावर्ती भारतीय बाजारबाट ठूलो मात्रामा समानहरु खरिद गरि मुख्य नाका गौर भन्सार, लक्ष्मीपुर बेलबिक्षवा, महादेवपटी बंजरहा,मठिया,जयनगर,लतमडी,रामपुरखाप,बंकुल सहित दर्जनौं नाका भएर भित्र्याउने गरेको पाइएको छ। शस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा जेन-जेड आन्दोलन पश्चात् खुलेयाम भारतीय समानहरु हार्डवेयर, लत्ताकपडा, किराना,मलखाद,बिउ सहितका समानहरु भन्सार छलि गरि नेपालमा भित्र्याउने कार्य भईरहेका छ।अहिले रौतहटको पश्चिम एरियाबाट तस्करीका ठुलो लाईन चलिरहेको श्रोतले जनाएको छ। रौतहट बंकुल र नरकटिया नाकाबाट पिकप र ट्याक्टरमा चाईनिज लसुन,अखरोट,स्याउ सहित विभिन्न समानको तस्करी भई रहेको छ। यसैगरी भारतबाट भन्सार छलि गरि ल्याएका कपडा,हार्डवेयर,किराना,स्पेयर पार्टस्,कस्मेटिक सहितका समानहरु शस्त्र प्रहरी र नेपाल प्रहरी र घुमुवाहरुको संरक्षणमा गरुडा,चपुर बजार सम्म सानो दुरी तथा लामो दुरीका सवारीसाधनमा तस्करहरुले सेटिङ्ग गरी पुर्याउने गरेको छन। पटक पटक बिवादमा परेका नेपाल प्रहरीका सहायक हवल्दार नविन पाल अहिले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रही घुमुवाको रुपमा प्रचलित छन्। रौतहटका नेपाल प्रहरी र सशस्त्र प्रहरी र भन्सारका कर्मचारीहरुको सेटिङ्गमा झोला-पोकामा समान ल्याउने तस्करहरु सँगको सेटिङको अधारमा तस्करी धन्दा मौलाउँदै गएको स्थानीय व्यापारीहरुलेनै वताउँदै आएका छन।तस्करी कार्यमा संम्लग्न भएका तस्करले भारतका बोर्डरमा बसेका शस्त्र प्रहरी तथा चौकीका प्रहरीलाई मिलाएर तस्करले अबैध कारोबारी गरिरहेको बुझिएको छ। भारत बिहार राज्यका बैरगनिया,ढाका,चैनपुर तथा घोडासाहन बजारबाट सर्वसाधारणले घरायसी प्रयोजनका लागि समानहरु ल्याउँदा शस्त्र प्रहरी र नेपाल प्रहरी ले आन्सिक दु:ख दिने तर तस्करहरुले सेटिङ्गको रुपमा ल्याउँदा बिना कुनै झणझटको ल्याउन दिने स्रोतले जनाएको हो। त्यस्तै रौतहट जिल्लाको महादेवपट्टी, लक्ष्मीपुर बेलबिक्षवा, बंजरहा नाकाबाट खुल्याम रातीमा बिहारमा प्रतिबन्धित रहेको मदिरा तस्करी भईरहेका छन। तर प्रहरी मुखदर्शक बनेर बसेका छन किन?त्यसतै बंजरहा, अौरैया, जयनगर, बंकुल,लतमडी, राजपुर डमार बाट रेडिमेड कपडा, किरानाका समान तथा हार्डवेयरका समानहरु तस्करी भईरहेको स्थानीयले जनाएको छ। जुनसुकै पनि नाकाबाट तस्करी हुदा त्याहाँका प्रहरीलाई कार्वाही गर्ने भनेता पनि प्रहरी प्रमुख मुखदर्शक बनी बसेका छन। तस्करीकै कारण छोटो समयमा दुई प्रहरी प्रमुख सहित कयौंलाई हेडक्वाटर तानिएको थियो। भने घुमुवा संग सेटिङ्गमा मात्रै तस्करहरुको अहिले दर्जनौं नाकामा रजगज बनेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!