दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर भकारे निवासी सीताकुमारी पौडेलले आँखा राम्रोसँग देख्नुहुन्न । उहाँका आफन्तहरू पनि कोही छैनन् । उहाँले पाँच वर्षीय असहाय प्रदिप केसीलाई पालिरहनु भएको छ । प्रदिप यतिबेला स्थानीय नमुना आधारभूत विद्यालयमा अध्ययनरत छन् । पढेर ठूलो मान्छे बन्ने चाहना राखेका प्रदिप सहित सिता जीविको पार्जनका लागि माग्दै गरेको अवस्थामा भेटिनुभयो । पसलमा प्रदिपलाई कापी सहयोग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन । प्रदिपलाई पढाउन र सीताको दैनिकी चलाउनको लागि आफ्नो तर्फबाट विशेष सहयोग गर्ने प्रियासनले जानकारी दिनुभयो । पाँच वर्षीय प्रदिपलाई उनले चाहे जति कक्षासम्म पढाउन आफूले सहयोग गर्ने प्रियासनको भनाइ छ।