२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

मकवानपुरमा हिटर बालेर सुत्दा रिसोर्टमा ८ जना पर्यटकको मृत्यु

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(एबिसी संचार)
काठमाडौं माघ ७ मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा बे’होस अवस्था भेटिएका ८ जना भारतीय पर्यटकको मृ’त्यु भएको छ । भारतको केरेलाबाट उत्तरी क्षेत्रको दामनमा घुम्नका लागि आएका उनिहरु आज बिहान बे’होस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थमा रहेका उनिहरुलाई उपचारको लागि काठमाण्डौंको ह्याम्स अस्पताल ल्याइएको थियो ।अस्पतालका सिइओ अनिल ओडिलले बे’होस अवस्थामा रहेका ८ जनाको नै मृ’त्यू भएको पुष्टी गरेका छन् । १५ जनाको टोली आएका उनिहरु दुई कोठामा बसेका थिए ।
अ’चेत रहेका २ पुरुष, २ महिला, २ बालक र २ बालिका रहेको प्रहरीले जनाएको छ ।चिसोबाट ब’च्न बालेको ग्यास हिटरबाट उनीहरु नि’सासिएर बे’होस भएको बताइएको छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनी मार्फत दामन आइपुगेको बताइएको छ ।मृ’त्यु हुनेमा वर्ष ३८ को रञ्जीत कप, ३४ की इन्द्र, ३७ को प्रविण, ३२ कि श्री सरीया, ५ की अभि, ७ की अर्चना, ५ बैष्णब, ९ की बद्रा रहेको प्रहरीले जनाएको छ । उनिहरुको पूरा नाम भने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!