दाङ । राप्ती गाउँपालिका ७ मा छलफलको क्रममा थारुले एक महिलामाथी जाईलागेपछी पूर्व सांसद थारुमाथी अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले बताएको छ।
आफूमाथी कुटपिट तथा हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्धा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिएकी छिन्। घुँडामा चोट लागेको र मंगलसुत्र लुटिएको उनले दावि गरिन।
पुर्व सांसद थारू कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उनि अहिले राजावादी आन्दोलनमा सक्रिय छिन्। दुबै पक्षको ठाडो निवेदन इलाका प्रहरी कार्यालय सिसहनियाँमा पुगेको वरिष्ठ असइ रकमकहादुर खड्काले बताए। विवाद बढेपछि हुदा खड्का पनि त्यहाँ पुगेका थिए। हात हालाहाल हुँदा दुबै पक्षलाई छुट्याउने काम गरिएको उनले सुनाए।