२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कपिलवस्तुमा अटाे रिक्सा र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर १३, २०८२

कपिलवस्तु । हुलाकी सडकखण्ड अन्तर्गत कृष्णनगर नगरपालिका-११ झिंगहा चोकमा अटो रिक्शा र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ मिझुनिया बस्ने ४० वर्षीय राम कुमार चमारकाे मृत्युु भएको प्रहरी नायब उपरीक्षक रिपेंन्द्र कुमार सिंहले जानकारी दिए । उनका अनुसार चमार सवार लु ४२ प ४३५० नम्बरको मोटरसाइकल कृष्णनगरतर्फ जाँदै गर्दा बाटोमा अनटेस्ट अटाे रिक्शाकाे ठक्करबाट गम्भीर घाइते भएका थिए ।

घाइते चमारको उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाएको थियोे । घाइतेको अवस्था गम्भीर देखिएपछि त्यहाँ प्रारम्भिक उपचारपछि बुटवल रिफर गरि पठाएकाेमा उनको बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको हाे ।

दुर्घटनामा संलग्न रिक्शा चालक कृष्णनगर नगरपालिका-६ ठूलो बुटहनिया निवासी हविबुल्ला मुसलमानको हात भाँचिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।