२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अविन्दर दास रघुनन्दन साह गठबन्धन: कलैया यातायात कार्यालय‘सेटिङ् महलमा परिणत,

Logo
ABC (क्राईमबिट) भन्डाफोर प्रकाशित आइतबार, मंसिर १४, २०८२

बारा । जेनजेड आन्दोलनपछि महिनौँ बन्द रहेको बारा जिल्लाको यातायात व्यवस्था कार्यालय पुनः खुलेसँगै, कार्यालयमा ‘पुरानै खेल’ नयाँ जोशका साथ सुरु भएको स्रोतहरूले बताएका छन्।
कार्यालय प्रमुख अविन्दर दासले पहिलेको जस्तै बरु अझै निर्लज्ज रूपमा दलाली, घुस, सेटिङ र पास व्यापारको साम्राज्य पुनः विस्तार गरेको आरोप स्थानीयहरूले लगाएका छन्।

कार्यालय खुलेको पहिलो साताबाटै दलालहरूको भीड, ट्रायल सेटिङ, एकल नियन्त्रणमा पास गराउने प्रणाली फेरि ‘फुल स्पीड’ मा फर्किएको देखिन्छ।
स्रोतहरूका अनुसार दासको एकछत्र नियन्त्रित माफिया नेटवर्क फेरि ज्यूँका–त्यूँ सक्रिय छ दालालदेखि ट्रायल सेन्टरसम्म सबै उनकै संकेतमा चल्ने खुलासा भइरहेका छन्।

ट्रायल पास ‘जसले पैसा दे, उसले पास’

ट्रायलका लागि दालालमार्फत घुस बुझाउनेहरूलाई सेटिङ पास गरिदिने, र कर्मचारीहरूले कागजी प्रक्रियालाई त्यसै अनुसार मिलाइदिने काम खुलेआम चलिरहेको स्थानीयले बताएका छन्।
कलैया यातायात कार्यालयको नयाँ पहिचान सेवा होइन, ‘सेटिङ’ फेरि जस्ताको तस्तै फर्किएको स्रोतहरूको दावी छ।

रातभर रसीद काट्ने काण्ड: “CCTV हेर्नुस्, सबै कालो अनुहार देखिन्छ ।

यीमध्ये सबैभन्दा चर्चित काण्ड भनेको कार्यालय बन्द भएपछि रातभर रसीद काट्ने गिरोह हो।
CCTV फुटेज जाँच्ने हिम्मत भए, कलैया यातायातको सबै सेटिङ, रकम उठाइ र रातभरको रसीद व्यापार पूरा नाङ्गै अँखाले देखिन्छ।
कसले कति काट्यो, कसका नाममा काट्यो, कुन दलालले पैसा बाँड्यो सबै प्रमाण क्यामेरामा सुरक्षित रहेको उनीहरूको दाबी छ।

अख्तियार पनि ‘मौन’ पैसा चल्दा सबै ‘लाइन’मै?

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कार्यालयका कर्मचारीलाई एक–एक गरी बोलाएर बयान लिएको थियो।
तर कार्यालयभित्रै चर्चा हुनेगरेको कुरा “पैसा मिलिसकेपछि अख्तियार पनि चुप बस्यो” कुरा उत्तिकै गंभीर छ। अहिले अवस्था यस्तो छ कि, अविन्दर दास पत्रकार, दलाल, ठेकेदार, कर्मचारी सबैलाई पैसाको बलमा ‘लाइनमा राखेको’ दाबी स्थानीयको छ।

दास आफूले केही नहुने घमण्डका साथ खुलेआम फुर्ति लगाउँदै हिड्ने गरेको बताइन्छ।
दासका ‘हात’ लेखा प्रमुख रघुनन्दन साह: सेटिङदेखि पैसा असुलीसम्बन्धी सबै जिम्मेवारी

स्रोतका अनुसार कार्यालय प्रमुख दासका सबै काम लेखा प्रमुख रघुनन्दन कुमार साहले ‘मैनेज’ गरिरहेका छन्। उनी ट्रायल फेल भएकाहरूलाई रकमका आधारमा पास गराउने, दालालहरूको कुरा मिलाउने, रातभर रसीद काट्ने काण्ड सम्हाल्ने,र पत्रकार आएपछि समाचार ‘मैनेज’ गर्ने सबै भूमिकामा अक्टिभ रहेको बताइएको छ।
साहलाई अहिले कार्यालयको ‘कर्ताधर्ता’ भनेर समेत चिन्न थालिएको छ।
प्रदेश मन्त्रालय विहिन भएको फाइदा: अब त झनै मज्जा

मधेस प्रदेश मन्त्रालय नै अहिले बिना मन्त्री रहेको अवसरमा
दास र साह दुवैजना पूर्ण रूपमा ‘फ्री ह्यान्ड’ भएर कमाइमा लागेको स्थानीयहरू बताउँछन्।
विचौलियाको कामदेखि लिएर पास सेटिङसम्म सबै जिम्मेवारी साहकै हातमा रहेको खुलासा गरिएको छ।

प्रमुख दास सम्पर्कविहीन: फोन उठाउन समेत तयार छैनन्

यस घटनासम्बन्धी प्रतिक्रिया लिन हामीले पटक पटक फोन गर्दा पनि
कार्यालय प्रमुख अविन्दर दासले फोन उठाउदैनन ।
उनले प्रतिक्रिया दिन नचाहनु नै पछाडिको ‘सेटिङ राज’ अझै बलियो भएको संकेतका रूपमा लिइएको छ।

कलैया यातायात कार्यालय पुनः खुल्नेबित्तिकै घुस, दलाली, सेटिङ, रातभरको रसीद व्यापार र सबै यथास्थितिमा फर्किएको छ। सुधारको कुनै संकेत छैन, उल्टै अझ निर्लज्ज रूपमा भ्रष्टाचार संस्थागत हुँदै गएको चित्र सतहमा आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]