०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

प्रदेश प्रहरी प्रमुख डिआईजी बिनोद घिमिरेद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर १४, २०८२

 

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले जिल्लाहरुको शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन सम्भावित सुरक्षा चुनौतीलाई अध्ययन गरी प्रहरी परिचालन गर्न साथै खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । समय समयमा मातहत प्रहरी कार्यालयहरुको अनुगमन निरीक्षण गर्न तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई उनिहरुको पिरमार्का, समस्याहरुको सुनवाई गर्न समेत निर्देशन दिनु भयो । यसै गरी अन्य सुरक्षा निकाय, राजनैतिक दल, स्थानिय बासी लागयतका महानुभावहरुसंग समन्वय र सहकार्य गरी आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन समेत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।

वहाँले दुरुस्त अवस्थामा प्रहरी पोशाक प्रयोग गर्न, कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन र बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!