०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

देशभरका प्रतिनिधिलाई ओली पक्षमा लाग्न अनुरोध एमाले दाङका सबै केन्द्रीय प्रतिनिधि ओली पक्षमा उभिए,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, मंसिर १४, २०८२

दाङ । नेकपा एमालेको यही मंसिर २७ गतेदेखि काठमाडौंमा हुन लागि रहेको ११ औं महाधिवेशनमा दाङबाट सर्वसम्मत केन्द्रीय प्रतिनिधि भएका सबैजना पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका छन् । आइतबार घोराहीमा आयोजित एक कार्यक्रममा सामूहिकरुपमा केन्द्रीय प्रतिनिधिले एमालेलाई राष्ट्रिय शक्ति बनाउनका लागि आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेको संस्थापन पक्षमा उभिने लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।

महाधिवेशनका केन्द्रीय प्रतिनिधिहरुले देशभरका सबै प्रतिनिधिहरुलाई एमाले बलियो शक्तिकारुपमा स्थापित भएकाले सबै प्रहार एमाले माथि भैरहेकाले पार्टी अध्यक्ष ओलीको पक्षमा महाधिवेशनबाट केन्द्रीय टिम बनाउनका लागि देशभरका प्रतिनिधिहरुलाई अनुरोध गरेका छन् । दाङबाट २३ जना केन्द्रीय प्रतिनिधि सर्बसम्मत छनौंट भएका छन् । विभिन्न चरणमा भएका भेला, छलफलहरुले जिल्ला पदाधिकारीलाई सर्वसम्मत प्रतिनिधि छनौंट गर्नका लागि म्यान्डेट दिएको थियो । त्यहीका आधारमा सबैसँग छलफल, परामर्श गरी सर्वसम्मत प्रतिनिधि सबै प्रक्रिया पुरा गरेर छनौंट  गरिएको नेकपा एमाले दाङले जनाएको छ ।

यसैबीच नेकपा एमाले दाङले सर्वसम्मत छनौंट भएका प्रतिनिधिहरुसहित आइतबार घोराहीमा एक कार्यक्रमको आयोजना गरेको छ । पार्टी जिल्ला अध्यक्ष शिबकुमार आचार्यको अध्यक्षत्तामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय पोलिटव्यूरो सदस्य एवं दाङ इञ्चार्ज नरुलाल चौधरीले सिंगो दाङ एमाले अध्यक्ष केपी शर्मा ओलीकै अगुवाईमा केन्द्रीय टिम बनोस भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले एमाले दाङले पार्टी अध्यक्ष ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनका लागि औपचारिकरुपमा विज्ञप्ति निकाल्ने बताउनुभयो । केपी शर्मा ओलीकै नेतृत्वमा बन्ने नयाँ केन्द्रीय टिमले एमालेलाई थप बलियो बनाउने, देशको नेतृत्व गर्न सक्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चौधरीले देशभरका प्रतिनिधिहरुलाई एमाले दाङले जस्तै दुरगामी निर्णय गर्नुपर्ने समय आएको बताउनुभयो ।
नेकपा एमाले दाङ पार्टीका केन्द्रीय महासचिव शंकर पोख्रेलको गृहजिल्ला पनि हो । सो अबसरमा सहभागि सबै केन्द्रीय प्रतिनिधिले एमाले अध्यक्ष ओलीकै पक्षमा निर्माण हुने संस्थापन टिमलाई बिजयी बनाउन सामूहिक प्रतिबद्धता जाहेर गर्दै हस्ताक्षर समेत गर्नुभएको थियो । एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव श्याम डाँगीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!