घोराही । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गरिसक्नुभएका उपन्यासकार सविन प्रियासनको १३औ औपन्यासिक कृति नयाँ लुगाको मङ्सिर १८ गते बिहीबार घोराहीमा विमोचन हुने भएको छ । राप्ती साहित्य परिषद् दाङको आयोजनामा बिहान ११:३० बजे नेपाल पत्रकार महासंघको सभा कक्षमा विमोचन कार्यक्रम हुने परिषदले जनाएको छ । परिषदका अध्यक्ष एम रेग्मीले कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गर्नुभएको छ। उपन्यासकार राप्ती साहित्य परिषद्को पूर्व केन्द्रीय महासचिव हुनुहुन्छ । पत्रकारितामा क्रियाशील प्रियासन नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव पनि हुनुहुन्छ ।