मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा नेपाली कम्युनिष्ट पार्टीका नेता विराटनगरका ताजिम अन्सारीसमेत रहेका छन्।
अन्सारी तत्कालीन नेकपा माओवादी केन्द्रका रहँदा सामान्य प्रशासन मन्त्रीमा रहेका अमनलाल मोदीका स्वकीय सचिवको जिम्मेवारीमा थिए। प्रहरीले अन्सारीलाई जेनजी आन्दोलनका क्रममा अदालतदेखि सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक कवित कट्वालले जानकारी दिए।
उनका अनुसार अन्सारीलाई आइतबार बेलुका विराटनगर बजारबाट पक्राउ गरिएको हो। त्यसैगरि, प्रहरीले अन्सारीसहित महेश नेपाल, आभाष पौडेल, राजिव यादव, र अरुण साह सोनारलाई पक्राउ गरेको छ। पक्राउ गरिएकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनीहरुमाथि आपराधिक उपद्रह मुद्धा चलाउने प्रहरीको तयारी रहेको छ। मोरंग प्रहरीले पक्राउ परेका पाँच जनालाई सोमबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरि अनुसन्धान अघि बढाउने जनाएको छ।