०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

चुरोट पिउने महिलाहरुलाई हुने १० खतरनाक बिरामीहरु यस्तो छ्न्

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर १५, २०८२

काठमाडौं । धुम्रपान हरेक मानिसको स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ । बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो छ । भविष्यमा महिलालाई धुम्रपान निकै महंगो बन्न सक्छ । उनीहरुले सेवन गरेको धुम्रपानले उनीहरुमा गर्भपतन मात्र होइन विभिन्न समस्या पैदा गराउँछ ।

गर्भपतनको खतरा
चुरोट वा बिडि सेवन गर्ने महिलालाई गर्भावस्थामा विभिन्न समस्याहरु देखापर्छन् । जसले महिलाहरुमा बाँझोपन तथा गर्भपतनको समस्था पैदा गराउँछ ।

भ्रुणको विकासमा रोक
गर्भावस्थामा महिलाले धुम्रपान गर्दा भ्रुणको विकासमा रोकावट आउने डाक्टरहरु बताउँछन् । त्यतिमात्र होइन बच्चाको प्रजनन् क्षमतामा समेत नराम्रो असर देखापर्छ ।

स्तनपान
जुन महिलाले धुम्रपान गर्छिन् ति महिलाहरुको स्तनमा दुधको मात्रा कम हुन्छ । जसले उनको बच्चामा नकारात्मक असर पर्छ ।

बच्चामा कुपोषण
अनुसन्धानमा उल्लेख भएअनुसार यदि आमाले गर्भावस्थाको सुरुको अवस्थामा चुरोट पिउने गरेकी छिन् भने उनको सन्तान कुपोषणको सिकार हुन्छन् ।  गर्भमा बच्चा हुँदा चुरोट पिउने महिलाको सन्तानलाई पोषण तत्वको कमि हुन्छ ।

हड्डी कमजोर हुने
एक अनुसन्धानको अनुसार चुरोट पिउने महिलामा दुई प्रकारका प्रोटिनको निर्माण हुन सुरु हुन्छ । अस्थिर कोशिकाहरु ‘ओस्टेओक्लास्टस’ को निर्माणमा वृद्धि हुन्छ । जसले हड्डीमा मासीहरुको मात्रामा कम गर्दै लैजान्छ र हड्डी कमजोर हुन सुरु हुन्छ ।

मुटु, फोक्सो र मृगौलामा असर
चुरोट पिउने महिलाहरुमा ‘कोरोनरी हर्ट डिजिज’ जस्तो मुटुको रोग लाग्न सक्छ । त्यसैगरी फोक्सोमा चुरोटको धुँवाले असर गर्छ । पुरुषसरह धुम्रपान गर्ने महिलालाई फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ । साथै, दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बिग्रिने सम्भावना ५१ प्रतिशतले बढी हुन्छ ।

दम
धुम्रपान गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्छ । अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा समस्या आउँछ र दम जस्तो गम्भीर रोग लाग्छ ।

चाउरीपना
पुरुषको तुलनामा महिलाको छाला धेरै मुलायम र कमजोर हुन्छ । त्यसैले चुरोटको असर महिलामा बढी हुन्छ । जुन महिला चुरोट पिउँछन् ति महिलामा चाउरीपन, डार्क सर्कल र ओठमा कालोपनको समस्या बढी हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!