१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

विश्वमा प्रत्येक १० सेकेण्डमा एक जना व्यक्तिको मृत्यु रक्सीको कारणले हुन्छ (डब्लुएचओ)

Logo
ABC (भन्डाफोर) प्रकाशित सोमबार, मंसिर १५, २०८२

काठमाडौं । रक्सी सेवनबाट हुने हानीकारक असरलाई न्युनिकरण गर्न विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा आफ्ना अन्तराष्ट्रिय साझेदारहरुसंगको सहकार्यमा पाँच वटा हस्तक्षेपकारी रणनीति अघि सार्दै एसएएफईआर (सेफर) इनिसिएटिभ (पहल) सुरु गरेको हो ।

सेफर इनिसिएटिभ रक्सी सम्वन्धी हानि कम गर्ने पाँच सबैभन्दा लागतप्रभावि हस्तक्षेपहरुको सम्छिप्त रुप हो ।

यी पाँच हस्तक्षेपहरुमा रक्सी उपलव्धतालाई प्रतिबन्ध गर्ने व्यवस्थालाई कडा बनाउने, मापसे गरी सवारी चलाउन नहुने नीति बनाउने र कडाईका साथ लागू गर्ने, स्क्रिनिङ गर्ने, सम्छिप्त रुपमा हस्तक्षेप गर्ने र उपचारको पहुँचलाई सहज बनाउने रहेको छ ।

यस्तै रक्सीको विज्ञापन, प्रायोजन र प्रवद्र्धनमा कडा प्रतिवन्ध लगाउने, अन्त शुल्क र मूल्य निर्धारण नीतिहरु मार्फत रक्सीको मूल्य बढाउने विषय पनि यो हस्तक्षेपकारी पहलमा राखिएको छ ।

डब्लुएचओले अघि सारेको यो सेफरलाई नेपाल सरकारले पनि अनुमोदन गरेको छ । रक्सी सम्बन्धी हानिबाट मुक्त देश बनाउने प्रतिवद्धताका साथ अनुमोदन गरेपनि सरकारले त्यसमा उल्लेखित पाँच बुँदाको कार्यान्वयन भने गर्न सकेको छैन् ।

यसैबीच बुधबार राजधानीमा सेफर नेपालले सरोकारवाला पक्षलाई बोलाएर क्षमता अभिबृद्धि सम्वधी कार्यशाला गोष्ठी तथा नीति सम्वादको आयोजना गरयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका साथै, पालिकाहरुका स्वास्थ्य प्रमुख, स्वास्थ्य कार्यालय प्रमुख, प्रहरी, चिकित्सक, प्राध्यापक, नागरिक समाज, उपभोक्ता मञ्च, गैरसरकारी संस्था तथा मिडियाका प्रतिनिधिहरुको सहभागिता थियो । उक्त कार्यक्रमको सहजीकरण स्वदेशी सहित सेफरका लागि तोकिएका अन्तराष्ट्रिय स्तरका विज्ञहरुको समूहले गरेको थियो ।

‘खासमा रक्सीले हुने हानीकारक अवस्थालाई न्युनिकरण गर्न सेफरमा जुन बुँदाहरु उल्लेख छन् । त्यसको कार्यान्वयनका लागि आवश्यक काम गर्ने भन्ने नै । यसमा हामीहरुले अहिलेसम्म गरेका पहलका बारेमा बतायौँ र अन्तराष्ट्रिय विज्ञहरुले विभिन्न देशमा भइरहेको प्राक्टिसको बारेमा बताउनुभयो,’ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले भने ।

त्यसअघि कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सेफरमा उल्लेखित बुँदाहरुको विषयमा गम्भीर भएर सोच्नु पर्ने बताए । ‘हामी सबैलाई थाहा छ रक्सीले नसर्ने रोगको जोखिम बढाउँछ । यसको न्युनिकरणका लागि हामी सबै मिलेर पहल गर्नुपर्छ । त्यसका लागि आवश्यक नीति बनाउनु पर्छ,’ उनले भने ।

सेफर परियोजनाको सचिवालय समेत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्माले नसर्ने रोगको जोखिम कम गर्नका लागि मदिरा नियन्त्रण अनिवार्य रहेको भन्दै यसमा सबै पक्ष मिलेर अघि बढ्नु पर्ने बताए ।

सूचना केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा केसीले स्टेप्स सर्भेको तथ्यांक उल्लेख गर्दै एक चौथाईं नेपालीले पछिल्लो एक बर्षमा मदिरा सेवन गरेको बताए । उनले यो संख्या बढ्दो क्रममा रहेको समेत बताए ।

कार्यक्रममा सेफर पाटनर मिसन लिएर आएका ९ जना अन्तराष्ट्रिय विज्ञहरुले पनि नेपालले सुरु गरेको पहल र गर्न पर्ने पहलका बारेमा प्रस्तुति दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!