१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन सडक विगत ८ वर्षदेखि अलपत्र अवस्थामा

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, मंसिर १६, २०८२

बाँके । खजुरा २०७४ चैत २९ गते गजुरमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि इलामसँग बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता सुरु हुँदा २०७७ चैतमा सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप गर्दासमेत ठेकेदार कम्पनीको लापर्बाहीले सडक निर्माणको काम हुन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए ।

पुरानो निर्माण व्यवसायीबाट काम सम्पन्न नभएपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र गाउँपालिकाको मागका आधारमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता रद्द गरी उक्त सडक निर्माणका लागि नयाँ ठेक्का आह्वन गरेको छ ।

पुरानो निर्माण व्यवसायीले काम सम्पन्न गर्न नसक्ने देखिएपछि ठेक्का सम्झौता रद्ध गरेर नयाँ प्रक्रिया अघि बढाइएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख डिभिजनल इञ्जीनीयर लीलाबहादुर भण्डारीले बताए ।

सडक डिभिजनले ठेक्का प्रक्रिया तोडेपछि निर्माण व्यवसायी अदालत गएकोमा अदालतबाट अन्तरिम आदेश जारी नभएपछि स्थानीयको मागअनुसार हुलाकी सडक आयोजनाले सडक निर्माण कार्य अघि बढाउने चासो लिएको उनको भनाइ छ । उनका अनुसार, खजुरा खण्डमा बाँकी रहेको सडक निर्माणका लागि करिब रु १० करोडको लागत लाग्ने अनुमानसहित ठेक्का आह्वान गरिएको छ । नेपालगञ्ज–गुलरिया सडक विस्तार र खजुरास्थित पेडारी नालामा चार लेनको पुल निर्माण प्रक्रिया अघि बढेसँगै अलपत्र सडक निर्माणमा हुलाकी सडक आयोजनाले विशेष चासो देखाएको हो ।

बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा अधुरो रहेको दुई हजार २०० मिटर सडक गरी दुवै सडक नयाँ प्रक्रियाबाट छ महिनाभित्र काम सम्पन्न गर्नेगरी लागिपरेको उनको भनाइ छ ।

हुलाकी राजमार्गले नेपालगञ्ज–गुलरिया चार लेन सडकको काम गरिरहेकाले त्यसको बीचमा अलपत्र परेको खजुरा सडक पनि निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । नयाँ ठेक्का सम्झौताअनुसार सडकको बाँकी काम आगामी असार १५ गतेभित्रै सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको छ । यससँगै अब खजुरा बजारका स्थानीय बासिन्दाको लामो समयदेखिको अधुरो सडक निर्माण हुने अपेक्षा बढेको खजुरा गाउँपालिकाका अध्यक्ष विकले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!