१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपाल प्रहरीको तथ्याङ्कले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने पुष्ठि,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर १६, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको तथ्यपत्रबारे प्रस्तुतीकरण दिनुभयो ।

उहाँले घरेलु हिंसाको दर पनि अत्याधिक रहेकाले आफैँ र घरपरिवारबाट सुधार हुन जरुरी रहेकामा जोड दिनुभयो । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा आज प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसाका घटना बढ्नुका साथै अझै उजुरी दिने क्रम पनि बढेको बताउनुभयो ।

पहिले महिलाहरू हिंसा लुकाएर राख्ने गरेकामा विस्तारै खुल्दै गएकाले पनि हिंसाका उजुरी बढिरहेको उहाँले उल्लेख गर्नुभयो । यो तथ्याङ्कले अझै पनि सामूहिक प्रयासमार्फत हिंसा न्यूनीकरणमा लाग्न हामी सबै एकजुट हुनुपर्छ भन्ने देखाएको उहाँको भनाइ छ ।

महानिरीक्षक कार्कीले अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति नरोकिएकामा चिन्ता प्रकट गर्दै त्यसतर्फ हामी सबैले प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “पढेलेखेकै मान्छेमाथि र पढेलेखेकै मान्छेबाट हिंसाका घटना भइरहेका छन्, त्यसैले शिक्षा प्रणालीमा सभ्यताको विषयसम्बन्धी पाठ्यसामग्री राख्न जरुरी देखिएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

विभागकी प्रहरी उपरीक्षक खड्काले सूचना प्रविधिको विकाससँगै हिंसाका घटनामा बढोत्तरी भएको उल्लेख गर्दै यसलाई रोक्न प्रहरी एक्लैले नसक्ने धारणा राख्नुभयो । आर्थिक समस्या र परनिर्भरताका कारण अझै पनि महिला प्रहरीमा उजुरी दिन डराइरहेकोतर्फ सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी उपरीक्षक खड्काले हिंसा रोक्न र भइहाले न्याय दिलाउन समाज, व्यक्ति, राजनीतिक दल, सरोकार भएका निकायलगायत सङ्घसंस्थाको सहकार्य र समन्वयको खाँचो औँल्याउनुभयो । अहिले प्रहरीले देशभरका २६० युनिटबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी सेवा प्रदान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागकी उपसचिव कविता अर्यालले महिला हिंसाबाट कुनै प्रदेश र कुनै उमेर समूह अछुतो नरहेको बताउँदै नातागोताबाटै हिंसा हुनु अति चुनौतीपूर्ण विषय भएको उल्लेख गर्नुभयो । अहिले पनि २८ प्रतिशत मात्रै पीडित महिला ‘हिंसा भयो’ भनेर मद्दत माग्न आउने गरेका जनाउँदै उहाँले बाँकी समाजमा लुकेर रहनु डरलाग्दो विषय भएको बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराईले अभियानका रूपमा नभइ हिंसारहित समाज निर्माणका लागि आवश्यक सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिँदै न्यायको पहिलो ढोका प्रहरी भएकाले प्रहरीको भूमिका बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

गृह मन्त्रालयकी उपसचिव मीना अर्यालले महिलामाथि हुने हिंसा बढिरहेका भन्दै समीक्षा गरी न्यूनीकरणमा लाग्न सबैमा आग्रह गर्नुभयो । प्रविधिले थप चुनौती थपिरहेको उल्लेख गर्दै उहाँले आवश्यक रणनीति बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगकी रोशनीदेवी कार्कीले ‘खबर गरौँ ११४५’ अभियान सञ्चालन गरिएको जानकारी दिँदै हिंसाका घटनामा ‘होस्टाइल’ हुने समस्या विकराल रहेको उल्लेख गर्नुभयो । त्यसैले प्रभावितमैत्री सेवा दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!