धनुषा । सशस्त्र प्रहरीले चोरीपैठारी गरी नेपाल भित्र्याइएको लाखौं रुपैयाँको काजु बरामद गरेको छ । धनुषाको नगराइन नगरपालिका २ जटहीस्थित खेतबारीबाट सोमबार १३ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको काजु बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
प्रहरीका अनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालमा ल्याई लुकाई-छिपाई राखेको अवस्थामा १ हजार ३ सय ७० किलोग्राम काजु बरामद गरिएको हो ।