२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल संवाद क्लबको केन्द्रिय कार्यालय नेपालगञ्जमा वरिष्ठ पत्रकार धमलाद्वारा उद्घाटन,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर १७, २०८२

बाँके । नेपालगन्जमा सामाजिक खबरदारी, अनियमितता विरुद्धको आवाज, शिक्षा–स्वास्थ्य तथा स्थानीय राजनीतिक विकृति–विकर्षणको भण्डाफोर गर्ने उद्देश्यसहित स्थापन गरिएको ‘नेपाल संवाद क्लब’ को केन्द्रीय कार्यालय नेपालगञ्ज–१० पासाङ ल्यामु मार्गमा भव्य रूपमा उद्घाटन गरिएको छ। रिपोर्टर्स क्लबका सञ्चालक तथा वरिष्ठ पत्रकार ऋषि धमला प्रमुख अतिथि रहेका कार्यक्रममा उनले क्लबको यात्रा सफल रहोस् भनी शुभेच्छा व्यक्त गर्दै भने,
“संवादले समाज चलाउँछ, विवेकपूर्ण आवाजले राष्ट्र बलियो बन्छ। भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न युवाहरूको तथ्य–सत्यमा आधारित पत्रकारिता अत्यन्त जरुरी छ।” कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष आशिष मल्ल ठकुरी ले गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार, उद्योगी–व्यवसायी, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]