१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

रुपन्देही जिल्लामा एसपी प्रदीप क्षेत्री आएपछी धमाधम करोडौंको ठगी गर्ने गिरोहहरु पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १७, २०८२

भैरहवा । रुपन्देही जिल्लामा प्रहरी प्रमुखका रूपमा एसपी प्रदिप बहादुर क्षेत्रीको आगमनसँगै अपराध अनुसन्धान र शान्ति सुरक्षामा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । प्रहरीले पछिल्लो समय जघन्य हत्या, बैंकिङ कसुर, सरकारी छाप किर्ते र नक्कली शैक्षिक प्रमाणपत्रको धन्दा चलाउने गिरोहमाथि कडा कारबाही अगाडि बढाएको हो ।

प्रहरीले बुटवलमा घटेका दुई फरक जघन्य हत्या काण्डका अभियुक्तहरूलाई कानुनी दायरामा ल्याएको छ । घरायसी विवादका कारण आफ्नै श्रीमती र दुई नाबालिका छोरीहरूलाई चक्कु तथा हथौडा प्रहार गरी बीभत्स हत्या गर्ने सुजन कोइराला र बुटवलको कालिकानगरमा ज्योति वि.क.को ढुङ्गाले थिचेर हत्या गरी फरार रहेका बालकृष्ण न्यौपानेलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यसैगरी, प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र र सरकारी छाप किर्ते गर्ने गिरोहको समेत पर्दाफास गरेको छ । मालपोत कार्यालय बुटवलका अधिकृत र कर्मचारीहरूको मिलेमतोमा भएको सरकारी छाप किर्ते काण्डमा संलग्न ५ जनामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ । अर्कोतर्फ, नेपाल तथा भारतका प्रतिष्ठित विश्वविद्यालयहरूको नक्कली प्रमाणपत्र, होलोग्राम र स्ट्याम्पसहित भारतीय नागरिक अभिषेक यादव र कलेज सञ्चालक हरि प्रसाद कँडेललाई पक्राउ गरी ठूलो परिमाणमा किर्ते सामाग्री बरामद गरिएको छ ।

बैंकिङ कसुरतर्फ पनि प्रहरीले सक्रियता देखाएको छ । गोर्खाज फाइनान्स लिमिटेडमा कमसल सुन धितो राखेर करोडौं ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरिएको छ, जसमध्ये मुख्य अभियुक्तहरू पुर्पक्षका लागि जेल चलान भएका छन् ।

अपराध नियन्त्रणसँगै राजश्व चुहावट रोक्न पनि प्रहरी सफल देखिएको छ । अवैध भन्सार छली चोरी पैठारी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले १४ करोड १३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ भने अवैध नदीजन्य उत्खननमा संलग्न टिपर, जेसीबी र ट्याक्टरहरूलाई कारबाही गरी करिब ५० लाख राजश्व जम्मा गरेको तथ्यांकमा उल्लेख छ ।

साथै, फैसला कार्यान्वयनको शिलशिलामा समाजमा लुकिछिपी बसेका ५४२ जना फरार अपराधी र आन्दोलनका क्रममा कारागारबाट भागेका ३४ जना कैदीलाई पक्राउ गरी लामो समयदेखिको कैद र जरिवाना असुल गराउन रुपन्देही प्रहरी सफल भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख ,प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!