१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सरुवाको रिसले अन्धो बनेर बारा यातायात प्रमुख दासद्वारा खरिदार साहमाथि क्रूरतापूर्वक कुटपिट

Logo
राहुल गुप्ता प्रकाशित बुधबार, मंसिर १७, २०८२

बारामा सरकारी कार्यालयभित्रै खुलामखुला सत्ता–दबाबको दुरुपयोग भएको सनसनीपूर्ण आरोप सार्वजनिक भएको छ।

बारा, कलैयास्थित यातायात कार्यालयमा कार्यालय प्रमुख अर्विन्द्र दासले आफू मातहतका कर्मचारीलाई डर–धम्की र बल प्रयोग गरी दमन गर्न खोजेको गुनासो बाहिरिएको छ।

बुधबार साँझ करिब साढे पाँच बजे कार्यालयमै खरिदार सत्यनारायण साहमाथि दासकै उक्साहटमा कुटपिट गरिएको दाबी गरिएको छ। हालै भएको सरुवाको रिस साहमाथि उतारेको आरोप लगाउँदै दासले “तेरो कारणले मेरो सरुवा भयो” भन्दै हातपात गर्न खोजेको बताइएको छ।

प्रमुख दासका दुई भाइ—करार कर्मचारी भिखारी दास र बिकेश दास—संग मिलेर खरिदार साहमाथि गुन्डा शैलीमा कुटपिट गरिएको आरोप छ।

घटनापछि खरिदार साह गम्भीर रूपमा घाइते भएका छन्। उनको अनुहार सुन्निने गरी चोट लागेको छ। कार्यालय प्रमुख दासलाई समेत केही चोट लागेको बताइए पनि साहमाथि भएको आक्रमण क्रूर र योजनाबद्ध देखिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

सरकारी सेवा प्रदान गर्ने ठाउँलाई आतंक फैलाउने वातावरण बनाइएको भन्दै कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन्। घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराले दुवै पक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

यस घटनाले पद र शक्तिको घमण्डले सरकारी कर्मचारीमाथि हातपात गर्ने प्रवृत्ति कति खतरनाक बन्दै गएको छ भन्ने पुनः देखाएको साहका सहकर्मीहरूको टिप्पणी छ। साहमाथि भएको हिंसात्मक व्यवहारका दोषीमाथि कडा कारबाही गर्न कर्मचारीहरूले माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!