१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

अबदेखि नेपालमा भारु १०० को नोट बाहेक अरु नोट नचल्ने,तयारीमा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर १८, २०८२

काठमाडौं । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया–आरबीआईले नेपाल र भुटानमा १०० भारतीय रुपैयाँभन्दा ठूला दरका नोटहरू (२००, ५०० र २,०००) ल्याउन, लैजान र सटही गर्न सहज बनाएपछि नेपालमा उक्त दरको नोट चलनचल्तीमा ल्याउने बाटो खुलेको छ ।

आरबीआईले हालै ‘विदेशी मुद्रा प्रबन्ध (करेन्सी निर्यात तथा आयात) संशोधन विनियमावली–२०२५’ जारी गर्दै यो महत्त्वपूर्ण परिवर्तन गरेको हो । नयाँ व्यवस्थाअनुसार अब जो–कोही व्यक्ति (भारतीय नागरिक होस् वा अन्य देशका नागरिक) ले नेपाल वा भुटान जाँदा १०० भारुभन्दा माथिका नोटहरू कुल २५,००० भारतीय रुपैयाँसम्म साथमा लिएर जान सक्नेछन् । त्यसैगरी नेपाल वा भुटानबाट भारत फर्किने जो–कोहीले पनि १०० भारुभन्दा ठूला नोटहरू २५,००० भारुसम्म ल्याउन पाउनेछन् ।

यसअघि नेपालमा १०० भारुभन्दा ठूला भारतीय नोटको कारोबार र सटहीमा पूर्ण प्रतिबन्ध थियो । सन् २०१६ मा भारतले नोट बन्दी गर्दै पुराना ५०० र १,००० का नोट खारेज गरेपछि नेपालमा अड्किएका ठूलो परिमाणका ती नोटहरू अझै साटिएका छैनन् । त्यसै बेला नेपाल राष्ट्र बैंकले सुरक्षा र नियमनको कारण देखाउँदै १०० भन्दा माथिका सबै भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो । यद्यपि, अब आरबीआईले दिएको नयाँ सुविधासँगै नेपाल राष्ट्र बैंकले पनि चाँडै परिपत्र जारी गरेर प्रतिबन्ध पूर्ण रूपमा हटाउने तयारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले परिवर्तनलाई स्वागतयोग्य कदम भनेका छन् । उनले भने, “यो व्यवस्थाले सीमावर्ती क्षेत्रमा व्यापार गर्ने नेपाली तथा भारतीय व्यवसायी, भारत काम गर्न जाने नेपाली श्रमिक र नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई ठूलो राहत पुग्नेछ । दुवै देशका नागरिकलाई अब ठूला नोट बोक्न र सटही गर्न सहज हुनेछ ।”

सुविधा नेपाल र भुटानबाहेक अन्य देशका लागि लागू हुने छैन र विशेषगरी पाकिस्तान तथा बङ्गलादेशका नागरिकलाई यो सुविधा दिइने छैन । त्यस्तै, भारतीय पर्यटकले नेपाल ल्याउँदा पहिलेदेखि नै २५,००० भारुसम्म ल्याउन पाउने व्यवस्था कायमै छ । भारतले सन् २०२३ देखि २,००० का नयाँ नोट छाप्न बन्द गरिसके पनि पुराना २,००० का नोटहरू अझै कानुनी रूपमा चलनचल्तीमा छन् ।

नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरे लगत्तै बैंक, वित्तीय संस्था, मनी चेन्जर तथा सर्वसाधारणले २००, ५०० र २,००० का भारतीय नोट सहजै सटही तथा कारोबार गर्न पाउनेछन् । दशकौँदेखि सीमित रहेको यो व्यवस्थामा आएको यो परिवर्तनलाई नेपाल–भारतबिचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

error: Content is protected !!