दाङ । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव तथा उपन्यासकार सविन प्रियासनद्वारा लिखित उपन्यास “नयाँ लुगा” को बिहीबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा गरिएको कार्यक्रममा प्रियासनको १३ औँ कृति सार्वजनिक गरिएको हो ।
नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नु भएका प्रियासनको यस वर्ष यो तेस्रो उपन्यास प्रकाशन हो । प्रियासनका यस अगाडी कार्तिकमा कालोमन र अषाढमा कडी उपन्यास सार्वजनकि भएको छ ।
परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा परिषदका पुर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एवं परिषदकै सल्लाहकार पद्म प्रसाद शर्माको विशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपालकै दोस्रो धेरै उपन्यासकारका रूपमा पहिचान बनाएका प्रियासनको कृतिको विमोचनसँगै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका दुई युवा प्रतिभालाई पनि सम्मान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा घोराही बनाऔं अभियानको तर्फबाट सामुदायिक बिद्यालयबाट चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उतिर्ण हुँदै पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल घोराही–१० का रोशनी घर्ती मगर र राजपुर निवासी बबई गाउपालिकाको सरस्वती आधारभूत बिद्यालय जलजलामा २० वर्षको उमेरमा प्रधानाध्यापक बन्नुभएका सुरक्षा कुमारी यादवलाई योगदानको कदर गर्दै सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले साहित्यको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै अझ राम्रो र उत्कृष्ट रचना ल्याउन सुझाव दिनुभयो । उहाले पाठकको रोजाइमा पर्न सक्ने पुस्तक ल्यानु पर्ने बताउनु भयो । सो अबसरमा बोल्ने वक्ताहरुले प्रियासनलगायतका उपन्यासकारहरुका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा उक्लिएको बताएका थिए । वक्ताहरुले प्रियासनलाई नेपालकै पहिलो बन्न सुझाब दिँदै खदिलो, वजिलो विषय बस्तुमा पनि उपन्यास प्रकाशित गर्न अनुरोध गरेका थिए । सो अबसरमा बोल्दै उपन्यासकार प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै पहिलो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा पुस्तकका बारेमा लेखक सबिन प्रियासनले प्रकाश पार्नुभएको थियो भने विशिस्ट अतिथि पद्म प्रसाद शर्मा, पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष डा.सुदिप गौतम लगायतकाले शुभकामना मन्तव्य
राख्नुभएको थियो । परिषद्का
सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।