२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जेनजी आन्दोलनमा आगजनी भएको भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा आयो

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १९, २०८२

जेनजी आन्दोलनमा आगजनी भएको भाटभटेनीको मुख्य गोदाम सञ्चालनमा आयो

काठमाडौं । भाटभटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा परेको मुख्य गोदाम पुनः सञ्चालनमा ल्याएको छ।बालुवाटारस्थित रहेको मुख्य गोदाम तीन महिनापछि रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।जेनजी आन्दोलनमा भाटभटेनीका १२ स्टोरमा भएको आगजनी‚ तोडफोड तथा लुटपाटका कारण करिब १२ अर्ब रुपैयाँबराबरको क्षति पुगेको थियो। ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउने काम तीव्र गतिमा अघि बढाइएको थियो।

आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनर्निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो।आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]