१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

कारागार पुगे रवीलाई भेट्न् सुदन नयाँ छानबिन आयोग नै बनाएर अघि बढ्नुपर्ने माग

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् ।

‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् ।

सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर भए पनि मलाई जति पनि छानबिन गरियोस्, म तयार छु। तर यतिधेरै मुद्दा छ कि २०० वर्ष लाएर पनि भ्याउन गाह्रो पर्छ।’

रवि भेटेर फर्किएका गुरुङले उनलाई गरिएको व्यवहारप्रति गहिरो दुःख लागेको बताए। राम्रो उद्देश्य लिएर अघि बढ्नेहरूलाई नियोजित रूपमा बदनाम गर्ने प्रवृत्ति बढेको उनले उल्लेख गरे।

उनले भने,’रवि राम्रो काम गर्छु भनेर आएको मान्छे हो। तर चरित्र हत्या, झूट, प्रपञ्च… सबै लगाइदिएको अवस्था छ। केही मान्छे र संगठनहरूको यो पुरानै रणनीति हो।’

रविले भेटका क्रममा मुद्दाहरू लामो समयसम्म अल्झाइराख्ने प्रवृत्तिले आफूलाई अन्याय भएको महसुस भएको बताए।

छिटो निर्णयका लागि आवश्यक भए नयाँ छानबिन आयोग नै बनाएर अघि बढ्नुपर्ने उनको माग रहेको सुधनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् । ‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् । सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर […]

चितवन । पूर्व प्रहरी हबलदार सिता धिताल कँडेलको हत्यामा संलग्न चितवनका बुद्धिराम दराई भारतबाट पक्राउ चितवनका स्थानीय दराइलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो । हत्या गरी फरार भएका दराईलाई घटनाको ८ महिनापछि बुधवार सीआईबीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो । कँडेलको हत्या लमजुङको बेसीशहर नगरपालिका–२ […]

error: Content is protected !!