२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

कारागार पुगे रवीलाई भेट्न् सुदन नयाँ छानबिन आयोग नै बनाएर अघि बढ्नुपर्ने माग

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई  “२०० वर्ष लाग्दा पनिनसकिने गरी” मुद्दाहरू थोपरेको गुनासो गरेका छन् ।

‘हामी नेपाल’ संस्थाका संयोजक तथा जेनजी अगुवा सुधन गुरुङसँग बिहीबार भएको भेटमा उनले यस्तो पीडा व्यक्त गरेको गुरुङले जानकारी दिएका हुन् ।

सुधनका अनुसार रविले आफू परीक्षणबाट डराउने व्यक्ति नभएको उल्लेख गर्दै भने,’बरु अर्को आयोग बनाएर भए पनि मलाई जति पनि छानबिन गरियोस्, म तयार छु। तर यतिधेरै मुद्दा छ कि २०० वर्ष लाएर पनि भ्याउन गाह्रो पर्छ।’

रवि भेटेर फर्किएका गुरुङले उनलाई गरिएको व्यवहारप्रति गहिरो दुःख लागेको बताए। राम्रो उद्देश्य लिएर अघि बढ्नेहरूलाई नियोजित रूपमा बदनाम गर्ने प्रवृत्ति बढेको उनले उल्लेख गरे।

उनले भने,’रवि राम्रो काम गर्छु भनेर आएको मान्छे हो। तर चरित्र हत्या, झूट, प्रपञ्च… सबै लगाइदिएको अवस्था छ। केही मान्छे र संगठनहरूको यो पुरानै रणनीति हो।’

रविले भेटका क्रममा मुद्दाहरू लामो समयसम्म अल्झाइराख्ने प्रवृत्तिले आफूलाई अन्याय भएको महसुस भएको बताए।

छिटो निर्णयका लागि आवश्यक भए नयाँ छानबिन आयोग नै बनाएर अघि बढ्नुपर्ने उनको माग रहेको सुधनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]