२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

पुरुष भन्दा महिलाहरुलाई रक्सीको मात किन बढी हुन्छ ?

Logo
ABC-Sanchar प्रकाशित शनिबार, मंसिर २०, २०८२

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ ।

सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् ।

रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ ।

रक्सीको खराब असर महिलामा देखिन थालेको छ ।

अमेरिकाको सरकारी आँकडा अनुसार २०००देखि २०१५बीच ४५ देखि ६४ वर्ष उमेरका महिलाहरूको मृत्यु सिरोसिसबाट हुने गरेको छ ।यो रोगबाट मर्नेहरूको संख्यामा ५७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।

यो उमेर समूहका पुरूषहरूको सिरोसिसले मृत्यु दर बृद्धि २१प्रतिशतले हुने गरेको देखिएको छ ।

यसैगरी २५ देखि ४४ वर्ष उमेर समूहको महिलामा सिरोसिसबाट मृत्यु हुने दरमा १९ प्रतिशतले बढेको छ ।

तर यो उमेर समूहको पुरूषमा मृत्यु हुने दर १० प्रतिशतले घटेको देखिएको छ ।

यति मात्रै होइन रक्सीको बढी मात्राले बिरामी भइ अस्पताल पुग्ने महिलाहरूको संख्यामा बृद्धि भइरहेको छ ।

महिलाहरूमा रक्सीको असर पुरूषको तुलनामा भिन्न किसिमले हुने गरेको पाइन्छ ।

वैज्ञानिकहरूका अनुसार महिलाको शरीरमा अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) नाम गरेको इन्जाइम थोरै सिमित मात्रमा निस्कन्छ ।

यो इन्जाइम लिभरबाट निस्कन्छ । यो इन्जाइमले रक्सीलाई टुक्राउने काम गर्छ ।

शरीर भित्रको बोसोले अल्कोहललाई बचाउँछ तर शरीरको पानीले उसको  असरलाई कम गर्छ ।

प्राकृतिकरूपमा बढी बोसो र कम पानी शरीरमा भएकाले अल्कोहलले महिलाको शरीरमा नाटकीयरूपले असर गर्छ ।

हार्वर्ड मेडिकल स्कूलमा मनोविज्ञानका प्रोफेसर र म्याकलिन हस्पिटल म्यासाच्युएटसमा एडिक्शन साइकोलजिस्ट सुगरम्यानले रक्सीका कारण महिलाको शरीरमा पुरूषको तुलनामा धेरै समस्या हुने सम्भावना हुने गरेको बताए ।

रक्सी खाने महिलामा पुरूषको तुलनामा बढी बानी बस्छ र मेडिकल समस्या बढी हुन्छ ।

यसलाई टेलिस्कोपिंग भनिन्छ ।

एक दशक अघि महिलाबारे यस किसिमको जानकारी उपलब्ध थिएन् ।

किनभने पहिला रक्सी सम्बन्धी सर्वेक्षण पुरूषमा मात्र गरिन्थ्यो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

error: Content is protected !!