२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पर्वतमा भेटियो प्लास्टिकको चामल चामलको भात पर्वत बासी चिन्तित

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(एबिसी संचार)
पर्वत सदरमुकाम कुश्माबजारमा प्लास्टिकको चामल भेटिएको छ । कुश्माबजारस्थित मेलमिलाप चोकका प्रेम जैसी लामिछानेले किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको हो ।
लामिछानेको घरमा सोमबार बिहान पकाएको भात खाने बेलामा फरक गन्ध र सिता समेत अर्कै देखिएपछि डल्लो पारेर हेर्दा प्लास्टिकको भएको पुष्टि भएको हो । डल्ला पारेर भुइमा फाल्दा क्रिकेट बल जस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भन्दै अच्चममा परेका थिए ।
भातको डल्ला तीन÷चार मिटर माथिसम्म उफ्रिएको थियो । प्लास्टिकको चामल गणेश खाद्य उद्योग पुरानो पर्साबजार चितवनले उत्पादन गरेको जिरा मसिनो ब्रान्डको हो ।
लामिछानेले केही दिन पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिएको बताए । यो पाक्न समेत लामो समय लाग्ने र चिसो भएपछि खान नसकिने बनेको थियो । सोमबार बिहान चामलको बोरा खोलेर उनीहरूले पकाएका हुन् ।
उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारी हेर्दा उफ्रिएपछि शंका लागेको बताए । सोमबार बिहान यस्तो समस्या देखेपछि तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघलाई लामिछानेले खबर गरेपछि पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए ।
शंकास्पद भेटिएपछि उक्त ब्रान्डको चामल कुश्माबजारमा बिक्रीका लागि रोक लगाइएको सहायक प्रजिअ सवेदीले बताए । २५ किलोग्राम तौलको बोरामा यो समस्या देखिएको हो । उक्त पसलमा स्टक भएका सबै चामल सिल गरी सम्बन्धित कम्पनीमै पठाउने तयारी भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!