२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु १ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २१, २०८२

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक दाङको बबई गाउँपालिका–३ निवासी २९ वर्षीय गणेश ओलीको बायाँ खुट्टा भाँचिएको र बायाँ हातमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।

त्यहापनी उपचार सम्भव नभएपछि हाल उनी भारतको लखनउस्थित आशिर्बाद सिटी अस्पतालमा उपचाररत छन । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै, मोटरसाइकलको पछाडि सवार सल्यानको कालिमाटी गाउँपालिका–३ निवासी २३ वर्षीय भिषण पुन मगरको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । राप्ती प्रादेशिक अस्पतालमा ल्याई डाक्टरले जाँच गर्दा गएराति करिब ८ः३५ बजे मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल, ट्रक र ट्रक चालक दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरीगै निवासी २९ वर्षीय साजन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]