२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

पर्यटकलाई बढी नेपाल भित्र्याउने उद्देश्यले नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर २२, २०८२

बाँके । नेपालगन्ज नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४, ५ र ६ गते अर्थात् डिसेम्भर १९, २० र २१ तारिखमा यहाँ ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए ।

उनले बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास गरिएको बताए ।

अध्यक्ष रेग्मीले थपे–“क्रस बोर्डर टुरिज्म कन्क्लेभ यस क्षेत्रको समग्र पर्यटन ब्यवसायीको साझा कार्यक्रम हो, पश्चिम नेपालको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाट्टाले यो कार्यक्रमलाई महत्वका साथ गरिरहेको छ ।”

‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’मा दुबै देशको पर्यटन ब्यवसायको अनुभव आदान–प्रदान हुनुका साथै पर्यटकलाई भित्र्याउँदा दुई देशको सिमाक्षेत्रमा आउनेगरेका समस्यालाई समाधान गर्न नीति, निर्माताबिच पनि बृहत रुपमा छलफल हुने जनाइएको छ ।

पर्यटन प्रवर्धन मञ्च बाँकेको संयोजक एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सरकारले नै भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल आउने वातावरण बनाउनु पर्ने माग गर्दै त्यसो हुन सकेमा नेपालको पर्यटन व्यवसायले ठुलो फड्को मार्ने दावी गरे ।

हान बाँके अध्यक्ष दिवाकर खनालले नेपालगञ्जलाई ट्रान्जिट प्वाइन्टका लागि मात्र नभएर पर्यटकीय हब तथा गन्तब्यको रुपमा चिनाउन भारतीय पर्यटन ब्यवसायी र सरोकारवालाबिच हुने ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ कार्यक्रम उपयोगी हुने बताए ।

नाट्टा बाँके च्याप्टरका अनुसार पुस ४ गते बेलुका नेपाल र भारत दुबै देशको पर्यटन साझेदार, सरोकारवाला सरकारी निकायलाई यहाँ स्वागत गरिने छ । पुस ५ गते बिहान पहिलो सत्रमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने र दोस्रो सत्रमा ‘बि टु बि’ गरिनेछ ।

सो दिन बेलुका नेपाली साँस्कृतिक कार्यक्रम अवलोकन गराउने र पुस ६ गते पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने कार्यक्रम रहेको नाट्टा बाँके च्याप्टरका पदाधिकारीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । संयुक्त सिमा गस्ती वडा एरिया अन्तर्गत पर्ने नेपाल – भारत सिमा क्षेत्रमा हुने अवैध गतिबिधी रोक्न, शान्ति सुरक्षाको सुनिश्चितता गर्न, सिमा सुरक्षा कायम गर्न, चोरी झैंझगडा रोकथाम नियन्त्रण गर्न तथा समकक्षी सुरक्षा निकायसंगको सम्बन्ध सुमधुर कायम गर्ने उद्देश्यले यस इलाका प्रहरी कार्यालय धनौली, सशस्त्र प्रहरी बल बि.ओ.पि.बढैया र भारतिय सीमा सुरक्षा बल सीमा […]

बर्दिया । राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीलाई गोली प्रहार गरी हत्या गरिएको गरिएको छ । अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए । गोली उनको गाला र दुबै कानमा […]

बाँके । नेपालगन्ज नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४, ५ र ६ गते अर्थात् डिसेम्भर १९, २० र २१ तारिखमा यहाँ ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । उनले बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन […]

error: Content is protected !!