२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

पर्यटकलाई बढी नेपाल भित्र्याउने उद्देश्यले नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर २२, २०८२

बाँके । नेपालगन्ज नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा आगामी पुस ४, ५ र ६ गते अर्थात् डिसेम्भर १९, २० र २१ तारिखमा यहाँ ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले बताए ।

उनले बाँकेसहित पश्चिम क्षेत्रको पर्यटनलाई चलायमान बनाउन ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बिश्वास गरिएको बताए ।

अध्यक्ष रेग्मीले थपे–“क्रस बोर्डर टुरिज्म कन्क्लेभ यस क्षेत्रको समग्र पर्यटन ब्यवसायीको साझा कार्यक्रम हो, पश्चिम नेपालको पर्यटकीय गतिविधिलाई चलायमान बनाउन नाट्टाले यो कार्यक्रमलाई महत्वका साथ गरिरहेको छ ।”

‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’मा दुबै देशको पर्यटन ब्यवसायको अनुभव आदान–प्रदान हुनुका साथै पर्यटकलाई भित्र्याउँदा दुई देशको सिमाक्षेत्रमा आउनेगरेका समस्यालाई समाधान गर्न नीति, निर्माताबिच पनि बृहत रुपमा छलफल हुने जनाइएको छ ।

पर्यटन प्रवर्धन मञ्च बाँकेको संयोजक एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सरकारले नै भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल आउने वातावरण बनाउनु पर्ने माग गर्दै त्यसो हुन सकेमा नेपालको पर्यटन व्यवसायले ठुलो फड्को मार्ने दावी गरे ।

हान बाँके अध्यक्ष दिवाकर खनालले नेपालगञ्जलाई ट्रान्जिट प्वाइन्टका लागि मात्र नभएर पर्यटकीय हब तथा गन्तब्यको रुपमा चिनाउन भारतीय पर्यटन ब्यवसायी र सरोकारवालाबिच हुने ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ कार्यक्रम उपयोगी हुने बताए ।

नाट्टा बाँके च्याप्टरका अनुसार पुस ४ गते बेलुका नेपाल र भारत दुबै देशको पर्यटन साझेदार, सरोकारवाला सरकारी निकायलाई यहाँ स्वागत गरिने छ । पुस ५ गते बिहान पहिलो सत्रमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने र दोस्रो सत्रमा ‘बि टु बि’ गरिनेछ ।

सो दिन बेलुका नेपाली साँस्कृतिक कार्यक्रम अवलोकन गराउने र पुस ६ गते पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने कार्यक्रम रहेको नाट्टा बाँके च्याप्टरका पदाधिकारीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।