२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय चामलका कारण किसानहरूले दु:ख पाए,

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर २४, २०८२

एजेन्सी । भारतबाट आउने चामल र क्यानडाबाट आउने खाद्य पदार्थहरूमा थप ट्यारिफ (शुल्क) लगाउनेसमेत बताएका हुन्।

ट्रम्पका अनुसार दोस्रो देशबाट आउने सस्तो सामानले अमेरिकी किसानलाई नोक्शान पुर्याइरहेको बताए। उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा किसानका लागि थप आर्थिक मद्दतका प्याकेज घोषणा गरेका थिए।

ट्रम्पले भने,’भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा धेरै सस्तो चामल बेचिरहेका छन्। जसका कारण यहाँका किसानको कमाई निकै कम हुन पुगेको छ।’ उनले यसलाई ‘डंपिङ’ गर्नका लागि अमेरिकामा चामल ल्याएको आरोपसमेत लगाए। यसको अर्थ बाहिरबाट गएको चामल यति सस्तो हुन्छकी स्थानीयहरूले कुनैपनि मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैनन्।

साथै ट्रम्पले क्यानडाबाट आउने खाद्य सामाग्रीहरूमा पनि ट्यारिफ लगाउने बताए। उनले भने ‘धेरै खाद्य पदार्थ क्यानडाबाट आउँछ यदि यो धेरै सस्तो भएमा ठूलो मात्रामा ट्यारिफ लगाउनेछौँ।’ पछिल्लो समय अमेरिकामा ट्रम्पको ट्यारिफ नीतिसँगै महंगी अत्याधिक बढ्दै गएको छ। यस्तोमा उनी माथि निरन्तर दबाब बढी रहेको छ।

भारतले विश्वमा ४० प्रतिशत चामल निर्यात गर्दै आएको छ। भारतले २०२२-२३ मा करिब १५ मिलियन टन चामल निर्यात गरेको थियो। भारतले मुख्यतया दुई प्रकारका चामल निर्यात गर्छ। जसमा बास्मती र गैरबास्मती रहेका छन्। भारतीय गैर-बास्मती चामलको सर्वाधिक ठूलो खरिद कर्ता पश्चिमी अफ्रिकी मुलुकहरू रहेका छन्। बास्मती चामल भने मिडल इस्ट देशहरू रहेका छन्। जसमा साउदी अरेबिया, इरान, इराकलगायत रहेका छन्। विश्व बैंकका अनुसार भारतले अमेरिकामा २०२३ मा लगभग २ लाख ८१ हजार ८ सय ७३ टन चामल निर्यात गरेको थियो।

ट्रम्पले यसअघिनै भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाइसकेका छन्। उनले २५ प्रतिशत ट्यारिफ भने रसियाबाट तेल खरिद गरेको भन्दै भारतमाथि ट्यारिफ लगाएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जेनजी आन्दोलनका क्रममा टीओबी (टिब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौं जिल्ला अदालतले ५ लाख २० हजार धरौटीमा रिहा गरेको छ । त्यस्तो कसुरमा धरौटीमा रिहा हुने दावा पहिलो व्यक्ति हैनन्, उनीअघि जेन–जी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् […]

एजेन्सी । भारतबाट आउने चामल र क्यानडाबाट आउने खाद्य पदार्थहरूमा थप ट्यारिफ (शुल्क) लगाउनेसमेत बताएका हुन्। ट्रम्पका अनुसार दोस्रो देशबाट आउने सस्तो सामानले अमेरिकी किसानलाई नोक्शान पुर्याइरहेको बताए। उनले ह्वाइटहाउसमा आयोजित एक कार्यक्रममा किसानका लागि थप आर्थिक मद्दतका प्याकेज घोषणा गरेका थिए। ट्रम्पले भने,’भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले अमेरिकामा धेरै सस्तो चामल बेचिरहेका छन्। […]

रुपन्देही । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, […]

error: Content is protected !!