३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

सुरक्षा निकाय लाई मजबुत बनाउन जनताको खाचो छ डिआइजी:शाह

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

सागर थापा (क्राईमबिट)
कपिलवस्तु माघ ७ पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी शुरेश विक्रम शाहले समग्र देशभरी नै सवैमा सत्य र इमान्दारीतामा ह्रास आएको बताउनु भएको छ । सत्य र इमान्दारीताको कमी लाई माथी उठाउन नेपाल प्रहरी ठुलो जिम्मेवार हुनु पर्ने उहाले बताउनु भएको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यलयको नव निर्मित भवन समुद्घाटन कार्यक्रम को प्रमुख अतिथीको रुपमा उदघाटन गर्दे शाह ले सो कुरा बताएका हुन । अहिले को सरकारको स्वलोगन ”सुखी नेपाली समृद्ध नेपाल“ रहेको छ यस स्वलोगन लाई पनि सफल पार्न आम नेपाली जनता संग संगै नेपाल प्रहरीको पनि ठुलो भुमिका रहेको शाह ले बताउनु भयो । अहिले नेपालमा विकासको अवस्था धेरै राम्रो रहेको छ र विकासको लगाी सुरक्षा अती आवश्यकता रहेको )हुनाले सुरक्षा निकाय लाई मजबुत बनाउन जरुरी रहेको उहाले बताउनु भयो । जिल्ला प्रहरी कार्यलय परिसर भित्र व्यारेक, भान्छा घर र कार्यलय प्रमुख निवासको नव निर्मित भवनको रिवन काटी शाहले उदघाटन गरेका थिए । आर्थिक बर्ष २०७४÷०७५ बाट शुरु भएको नव निर्मित भवनहरु तिन तल्ले व्यारेक भवन रोयल कन्सट्रक्सन धनगढी ले मुल्य अभिबृद्धि कर सहित २ करोड ३ लाख २१ ह्जार २ सय ९६ रुपयामा , २ तल्ले भवन शिव शत्ति निर्माण सेवा कपिलवस्तु ले मुल्य अभिबृद्धि कर सहित ६४ लाख ३३ हजार ६ सया ५५ रुपयामा र प्रमुख निवास , भान्छा घर डि.बी कन्सट्रक्सन एन्ड सप्लार्यस बाजुरा ले मुल्य अभिबृद्धि कर सहित १ करोड ११ लाख ५३ हजार ४ सय ३१ रुपयामा सम्पन्न गरेको प्रहरी कार्यलय ले जानकारी गराएका छन । कार्यक्रममा निर्माण कार्य समयअवधि भित्र सम्पन्न गरेको भनी ३ वटै कन्सट्रक्सन लाई जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रह्री उपरिक्षक दीप शम्शेर जवरा ले सम्मान पत्र दिएका थिए । कायक्रममा वडा नं १ र २ का वडा अध्यक्ष राजनिती दलका प्रतिनिधी समाजसेवी लगाएत पत्रकारहरुको सहभागीता रहेको कपिलवस्तुबाट पत्रकार सन्नी धोबीले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]