२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सुरक्षा निकाय लाई मजबुत बनाउन जनताको खाचो छ डिआइजी:शाह

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

सागर थापा (क्राईमबिट)
कपिलवस्तु माघ ७ पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी शुरेश विक्रम शाहले समग्र देशभरी नै सवैमा सत्य र इमान्दारीतामा ह्रास आएको बताउनु भएको छ । सत्य र इमान्दारीताको कमी लाई माथी उठाउन नेपाल प्रहरी ठुलो जिम्मेवार हुनु पर्ने उहाले बताउनु भएको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यलयको नव निर्मित भवन समुद्घाटन कार्यक्रम को प्रमुख अतिथीको रुपमा उदघाटन गर्दे शाह ले सो कुरा बताएका हुन । अहिले को सरकारको स्वलोगन ”सुखी नेपाली समृद्ध नेपाल“ रहेको छ यस स्वलोगन लाई पनि सफल पार्न आम नेपाली जनता संग संगै नेपाल प्रहरीको पनि ठुलो भुमिका रहेको शाह ले बताउनु भयो । अहिले नेपालमा विकासको अवस्था धेरै राम्रो रहेको छ र विकासको लगाी सुरक्षा अती आवश्यकता रहेको )हुनाले सुरक्षा निकाय लाई मजबुत बनाउन जरुरी रहेको उहाले बताउनु भयो । जिल्ला प्रहरी कार्यलय परिसर भित्र व्यारेक, भान्छा घर र कार्यलय प्रमुख निवासको नव निर्मित भवनको रिवन काटी शाहले उदघाटन गरेका थिए । आर्थिक बर्ष २०७४÷०७५ बाट शुरु भएको नव निर्मित भवनहरु तिन तल्ले व्यारेक भवन रोयल कन्सट्रक्सन धनगढी ले मुल्य अभिबृद्धि कर सहित २ करोड ३ लाख २१ ह्जार २ सय ९६ रुपयामा , २ तल्ले भवन शिव शत्ति निर्माण सेवा कपिलवस्तु ले मुल्य अभिबृद्धि कर सहित ६४ लाख ३३ हजार ६ सया ५५ रुपयामा र प्रमुख निवास , भान्छा घर डि.बी कन्सट्रक्सन एन्ड सप्लार्यस बाजुरा ले मुल्य अभिबृद्धि कर सहित १ करोड ११ लाख ५३ हजार ४ सय ३१ रुपयामा सम्पन्न गरेको प्रहरी कार्यलय ले जानकारी गराएका छन । कार्यक्रममा निर्माण कार्य समयअवधि भित्र सम्पन्न गरेको भनी ३ वटै कन्सट्रक्सन लाई जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रह्री उपरिक्षक दीप शम्शेर जवरा ले सम्मान पत्र दिएका थिए । कायक्रममा वडा नं १ र २ का वडा अध्यक्ष राजनिती दलका प्रतिनिधी समाजसेवी लगाएत पत्रकारहरुको सहभागीता रहेको कपिलवस्तुबाट पत्रकार सन्नी धोबीले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!