०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

अनलाईन मार्फत म्यानमारबाट ४७ जना ठगीएका नेपाली नागरिकको उद्घार,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर २४, २०८२

एजेन्सी । म्यानमारमा अवैध अनलाइन स्क्यामिङमा फसेका ४७ नेपाली नागरिकको उद्धार गरिएको छ, जसमा ४५ पुरुष र २ महिला छन्।

उद्धार गरिएका व्यक्तिहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले नेपाल फर्काएको छ, र उनीहरू विभिन्न २६ जिल्लाका बासिन्दा हुन्।

पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी म्यानमार पुर्‍याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो।

काठमाडौँ । विभिन्न प्रलोभनमा परी म्यानमारका अवैध अनलाइन ‘स्क्यामिङ’ केन्द्रहरूमा काममा बनाइएका ४७ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

थाइल्यान्डस्थित नेपाली राजदूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीहरूलाई उद्धार गरी बुधबार नेपाल फर्काएको हो। उद्धार गरिएका नेपालीहरूलाई नेपाल वायुसेवा निगमको विमान मार्फत काठमाडौँ पठाइएको दूतावासले जनाएको छ।

को–को परे उद्धारमा ?

उद्धार गरिएका ४७ जनामध्ये ४५ जना पुरुष र २ जना महिला रहेका छन्। उनीहरू नेपालका विभिन्न २६ जिल्लाका बासिन्दा हुन्। तथ्यांकअनुसार झापाका ५ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरका ३/३ जना तथा दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँका २/२ जना रहेका छन्।

त्यस्तै चितवन, दैलेख, कास्की, काठमाडौँ, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुम जिल्लाका १/१ जनाको उद्धार गरिएको छ। उनीहरू १७ देखि ४१ वर्ष उमेर समूहका छन् भने अधिकांशले कक्षा १२ उत्तीर्ण गरेका छन्।

दूतावासका अनुसार पीडितहरू सामाजिक सञ्जाल (फेसबुक, टिकटक, टेलिग्राम, ह्वाट्सएप), पब्जी खेल्ने साथी वा चिनजानका व्यक्तिमार्फत प्रलोभनमा परेका थिए। उनीहरूलाई काठमाडौँमा घण्टाको यति कमाइ हुन्छ, एक लाखभन्दा बढी तलब हुने, अफिसको काम, डाटा इन्ट्री जस्ता आकर्षक प्रस्ताव राखेर भारत, दुवई हुँदै म्यानमार पुर्‍याइएको थियो।

म्यानमार पुगेपछि सुरुमा केही समय राम्रो व्यवहार गरे पनि पछि उनीहरूलाई ‘अनलाइन स्क्यामिङ’ (ठगी) को काममा लगाइएको थियो। तोकिएको लक्ष्य  पूरा गर्न नसकेमा शारीरिक तथा मानसिक यातना दिने, बन्धक बनाउने, परिवारबाट फिरौती माग्ने र अर्को व्यक्तिलाई फसाएर ल्याए मात्र छोड्ने जस्ता अमानवीय व्यवहार गरिएको पीडितहरूले बताएका छन्। उनीहरू २ महिनादेखि १८ महिनासम्म त्यहाँ बन्धक बनेका थिए।

दूतावासले म्यानमार, थाइल्यान्ड र लाओसका सीमा क्षेत्रमा रहेका स्क्यामिङ सेन्टरहरूबाट नेपालीहरूको उद्धार कार्य जारी राखेको जनाएको छ। चालू आर्थिक वर्षमा मात्रै हालसम्म १४१ जनाको उद्धार गरी नेपाल पठाइएको दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६८ जना र २०७९/८० मा १५६ जनाको उद्धार गरिएको थियो।

दूतावासले सामाजिक सञ्जाल वा अपरिचित व्यक्तिको लहलहीमा लागेर रोजगारीका लागि विदेश नजान आग्रह गरेको छ। नेपाल सरकारको श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र भिजिट भिसामा थाइल्यान्ड, म्यानमार, लाओस, कम्बोडिया जस्ता मुलुकमा कामको खोजीमा नजान दूतावासले सचेत गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!