२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

एक अरब हिनामिना रेमिट कारोबार गर्ने प्रभु बैंकका विप्रेषण विभागका प्रमुख शाक्य पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर २४, २०८२

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले रेमिट कारोबार गर्ने क्रममा प्रभु बैङ्कलाई रु एक अर्बभन्दा बढी हानी नोक्सानी पु¥याएको आरोपमा बैङ्कका विप्रेषण विभाग प्रमुख सुजिन शाक्यलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई आज ललितपुर महानगरपालिका—११ ईखांछेबाट पक्राउ गरेको हो । शाक्यले रेमिट कारोबार गर्दा प्रभु बैङ्कलाई हानी र आफ्नो स्वार्थ समूहअन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुने गरी बैङ्किङ कसुर गरेको ब्यूरोले आरोप छ ।

रेमिटबापतको ‘प्रिफण्डिङ’ दिन सक्ने कानुनी व्यवस्थाको दुरुपयोग गरी गराई त्यसको नाममा नियम विपरित अर्बौ रकम दिई त्यसबापत नियमानुसार ब्याजसमेत नलिई बैङ्कलाई रु एक अर्बभन्दा बढी रकम नोक्सानी पु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

ब्यूरोले नियम विपरित ‘सुपर एजेन्ट’ बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्ट प्रालिलाई एड्भान्स रकम दिई उक्त कम्पनीसँग रेमिट कारोबार स्थगित भए पनि स्वार्थ समूहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा यसअघि बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित उच्च पदस्थ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।