२६ मंसिर २०८२, शुक्रबार
12-12-2025 , Fri
×

चितवन र पर्सा निकुञ्जमा अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २५, २०८२

काठमाडौं । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘ब्लक’ बनाएर गणना गर्न लागिएको हो । यस सँगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पुस १ र २ गते गणनामा सहभागीलाई तालिम दिइँदै छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयं सेवी, विद्यार्थी र संरक्षणका साझेदार तालिममा सहभागी हुँदै छन् । करिब एक सय ५० जना तालिम लिएर गणनामा खटिने उहाँले बताउनुभयो ।

पुस ३ गते तालिम लिएका गणनाका लागि कार्यक्षेत्रमा परिचालन हुनेछन् । मगरका अनुसार दुई निकुञ्जमा नौ सय  ग्रिड बनाइएको छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने छ । गणनाका क्रममा दुई निकुञ्जलाई तीन भागमा बाँडेर गणना गरिने छ । हरेक भागमा २० दिन क्यामेरा राखिने छ । एक भागमा ३०० ग्रिड हुनेछन् । एउटा ग्रिडमा २० दिन एउटा क्यामेरा राखिने छ । ग्रिडहरुकोबीच भाग्नुपर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने छन् ।

उनीहरूले भूगोल अनुसार आठदेखि बाह्र सम्मको ग्रिडमा राखिएको क्यामेरा दैनिक अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो । ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिने छ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिने छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्टाइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् । पहिलो कम्प्लेक्स यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीन वटा ब्लक हुने छन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझण्डी हुने छ । यो एउटै ब्लक बनाइने छ ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने तयारी छ । गत वर्ष गैँडा गणना गर्ने कार्यक्रम बजेट अभावका कारण रोकिएको थियो ।

हरेक चार/चार वर्षमा गैँडा गणना गरिँदै आएको थियो । गत वर्ष गर्न नसकिएको गैँडा गणना यसवर्ष फरक विधिबाट गर्ने तयारी निकुञ्ज विभागको रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् । ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा […]

बाँके । अछाम जिल्ला ढकारी गाउँपालिका २ फाटाबगर बस्ने डबले सार्कीका छोरा बर्ष ११ का प्रकाश सार्की हाल भारत पुना महाराष्ट्र हडवसर ससाने नगरमा बस्दै आएको बुधबार साँझ 10/12/2025 ६ बजे देखि अचानक बेपत्ता भएका बिहीबार उनको बस्ने रूम नजिकै किड्नी निकालेर मृत अवस्थामा फेला परेका छन्। प्रवासमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले आ आफ्नो […]

काठमाडौं । जेनजी आन्दोलन संस्थागतको सम्झौताविरुद्ध सिंहदरबारको गेटमा प्रदर्शन गर्न पुगेका मिराज ढुंगाना र जितेन्द्रकुमार महतोको समूहलाई प्रहरीले पक्राउ गरेको छ। ‘पहिले निकास अनि मात्र निर्वाचन’ भन्दै प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्न खोजेका उनीहरूलाई प्रहरीले अनामनगर पुर्‍याएर छोडेको हो।

error: Content is protected !!