०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

मधेश प्रदेशमा घुमुवा सई गोपाल थापाको चकचकी डीआईजी र एसपीबीच दूरी बढ्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर २५, २०८२

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका एक बरिष्ठ सईले डीआईजी गोविन्द थपलियालाई समेत विवादमा तान्ने हर्कतहरु गर्न थालेका छन् ।

ती बरिष्ठ सई हुन्, गोपाल थापा । दरबन्दी काठमाडौंमा भएका र काजमा कार्यरत थापाले मधेश प्रदेशका आठ वटै जिल्लाका एसपी र डीआईजीबीच नै दूरी बढाउने काम गरेका छन् । काजमा कार्यरत थापालाई प्रदेशबाट सादा पोशाकमा खटाइएको छ । दरबन्दी अर्कै प्रदेशमा भएका थापाकै कुरा सुनेर डीआईजीले जिल्लाका प्रहरी तान्ने गर्नाले एसपीसँगको दूरी बढ्न पुगेको बताइन्छ ।

बरिष्ठ सई थापाले मधेशका ८ वटै जिल्लामा घुमुवाहरुलाई परिचालन गरी डीआईजीका नाममा असुल्ने गरेको आरोप छ । मंसिर १५ गते धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले १३ लाख ७० हजार बराबारको १ हजार ३७० किलो काजु बरामद गरेको थियो । उक्त काजु जनकपुरका उमेश साह तेलीको थियो ।

नेपाल प्रहरीका बरिष्ठ सई थापासँग लाइन मिलाएर साहले काजु तस्करी गरेका थिए । तर सशस्त्र प्रहरीले सूचना पाएपछि उक्त काजु बरामद भयो । साह काजुका ठूला कारोबारी हुन् । थापासँग लाइन मिलाएर जनकपुरका मदिरा कारोबारी राजीव महासेठले पनि नेपालबाट भारतमा पठाउने छुट पाएका छन् ।

महासेठ जनकपुरकै सबभन्दा ठूलो मदिराका कारोबारी हुन् । सुल्तानले पनि थापाबाट आशीर्वाद पाएर भन्सारछलीका काजु निर्वाध भित्र्याउन पाएका छन् । थापाले महोत्तरीमा कालिया नामका ब्यापारीसँग सेटिङ गरी तस्करीको लाइन चलाएका छन् ।

उनले तस्करीको लाइन चलाएबापतको दस्तुर ढल्केबर र भारतको पिपरियामा लिने गरेको स्रोतले नेपालफेसलाई बताएको छ । डीआईजीको नाम लिएर बरिष्ठ सई थापाले मधेशका ८ वटै जिल्लामा आफ्ना निकट घुमुवा राखी तस्करीको नेटवर्क चलाएको आरोप छ । बारामा थापाले प्रहरी जवान पवनकुमार कुशवाहलाई घुमुवाका रुपमा राखेका छन् । सर्लाहीमा भाग्यनारायण साहलाई परिचालन गरेका छन् ।

थापाले डीआईजीको आडमा जिल्ला जिल्लाबाट सिभिलमा परिचालन गरिएका प्रहरी तान्न लगाउने र कुरा मिले फेरि पठाउने, नमिले गणमा थन्क्याउने काम समेत गरेको आरोप छ । बरिष्ठ सई थापाले मधेशका जिल्लाका एसपी र डीआईजीको सम्बन्ध पनि बिगार्ने काम गरेको आरोप छ ।

थापा यसअघि चन्द्रकुबेर खापुङ कोशी प्रदेशको डीआईजी हुँदा उनका घुमुवा थिए । निवासमा समेत नआउनेगरी खापुङले उनलाई घुमुवा राखी कोशी प्रदेशबाट लाभ लिएका थिए । नेपाल फेस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

error: Content is protected !!