२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाराको कलैया यातायात कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा सिडियो मिश्रको निगरानी,

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, मंसिर २८, २०८२

बारा । कलैयास्थित यातायात कार्यालयमा लिखित र ट्रायल परीक्षामा अनियमितता र दुर्व्यवहारको आरोप

बारा जिल्लाको कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा गम्भीर अनियमितता भएको आरोप सार्वजनिक भएको छ। कार्यालय प्रमुख अर्विन्द्र दासमाथि करोडौँ रुपैयाँ असुली, सत्ता र दबाबको दुरुपयोग, साथै कर्मचारीमाथि कुटपिट गराएको गम्भीर आरोप लागेको छ।

२०८२ मंसिर २५ गते बिहीबार सम्पन्न लिखित परीक्षामा ६१५ जना परीक्षार्थीलाई अस्वाभाविक रूपमा पास गराइएको भन्दै शंका उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय बाराको ध्यानाकर्षण भएको थियो। शंकाका आधारमा २०८२ मंसिर २६ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले ट्रायल परीक्षास्थलको सीसीटीभी फुटेज संकलन गरी टिप्पणीसहित लिएर गएको छ।

प्रशासनले संकलन गरेको प्रमाणअनुसार ट्रायल परीक्षामा करिब १०० प्रतिशत परीक्षार्थी पास भएका छन्, जबकि नियमअनुसार औसत २५ प्रतिशत हाराहारी मात्र पास हुने गरेको पाइन्छ। सीसीटीभी फुटेजले देखाएको छ कि धेरै परीक्षार्थी नियम विपरीत ‘सुटिङ’ मार्फत पास भएका थिए। वास्तविक रूपमा नियम पालना गरी पास गर्ने संख्या अत्यन्त कम रहेको प्रशासन स्रोतले जनाएको छ।

यसैबीच, कार्यालय प्रमुख दासमाथि कर्मचारीमाथि कुटपिट गरेको अर्को गम्भीर आरोप पनि बाहिरिएको छ। बुधबार साँझ करिब साढे पाँच बजे कार्यालयमै खरिदार सत्यनारायण साहमाथि कुटपिट भएको दाबी गरिएको छ। दासले आफ्नो हालैको सरुवाको रिस साहमाथि पोख्दै “तेरो कारणले मेरो सरुवा भयो” भन्दै हातपात गर्न खोजेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

आरोपअनुसार कार्यालय प्रमुख दासका दुई भाइ—करार कर्मचारी भिखारी दास र बिकेश दास—सँग मिलेर साहमाथि गुन्डा शैलीमा कुटपिट गरिएको हो। घटनापछि साह गम्भीर घाइते भएका छन्। उनको अनुहारमा सुन्निने गरी चोट लागेको छ। दासलाई सामान्य चोट लागेको भए पनि साहमाथिको आक्रमण योजनाबद्ध र क्रूर रहेको सहकर्मीहरूको भनाइ छ।

कार्यालय प्रमुख दास यसअघि पनि गौर यातायात कार्यालयमा कार्यरत रहँदा कुटपिटका कारण सरुवा भएको आरोप लाग्दै आएको थियो। बारामा पनि सरकारी कार्यालयभित्रै खुलेआम सत्ता र शक्तिको दुरुपयोग भएको भन्दै कर्मचारीहरू आक्रोशित भएका छन्।

सरकारी सेवा प्रवाह हुने कार्यालयलाई आतंकको केन्द्र बनाइएको भन्दै कर्मचारीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। यस घटनाले पद र शक्तिको दुरुपयोग कति खतरनाक हुन सक्ने कुरा पुनः उजागर गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

सर्लाही । बरहथवा नगरपालिका वडा नम्बर- ९ मुर्तिया बस्ने ३५ वर्षीय रामपृत महतोलाई आइतबार दिउँसो आफ्नै घरमा नाम नखुलेको किराले दाहिने खुट्टामा टोकेको थियो। टोकाइपछि गम्भीर बिरामी परेका उनलाई आफन्तले उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगेका थिए। अस्पताल पुर्‍याउनासाथ स्वास्थ्य परीक्षण गरेर चिकित्सकले उनको मृत्यु भइसकेको घोषण गरेका थिए। उनलाई टोक्ने किरा विषालु सर्प हुन सक्ने अनुमान […]