२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नि.शुल्क स्वास्थ्य शिविर कार्यक्रम र प्रहरी परिवारको स्वास्थ्य सेवामा सहुलियत सुबिधाको सम्झौता,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २८, २०८२

भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१३ काटागाउँ स्थित जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको आयोजना नेपाल प्रहरी कर्मचारी तथा निजको आश्रित परिवारको स्वास्थ्य सेवामा सहुलियत सुबिधाको सम्झौता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रदीप बहादुर क्षेत्री तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल भैरहवा रुपन्देहीको तर्फबाट सोही अस्पतालका प्रमुख चिफ फाईनान्स अफिसर सुरज पौडेलज्यू र प्रशासन संयोजक तेज बहादुर के.सीबाट २ बर्षको लागि द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान कार्यक्रम सम्पन्न भयो । साथै उक्त कार्यक्रममा,.डा. संकेत माने, डा. प्रकाशमनि दाहाल, डा. राजु मुनानकर्मी, डा. अरुनिमा श्रीवास्तव, डा.मदन ढकाल समेतको टोलीबाट यस कार्यालय तथा मातहत समेतमा कार्यरत सिनीयर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, पत्रकारहरु, प्रहरी कर्मचारी, प्रहरी परिवारहरु तथा यस कार्यालयको हिरासतमा रहेका थुनुवा समेत गरी ३२१ जनाको उच्च रक्तचाप, मधुमेह, नाक कान घाँटी, हाड जोर्नी तथा नशा रोग, स्त्री रोग लगायत सम्बन्धी नि.शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]