०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

आईजिपी दानबहादुर कार्कीको गुनासो आन्दोलनमा प्रहरीलाई मात्र तारो किन बनाईन्छ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २८, २०८२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजनीतिक आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताएका छन् । उनले प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाउने गरिएको गुनासो समेत गरे ।

जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवन आज उदघाटन गर्दै कार्कीले सो गुनासो गरेका हुन् ।

विगतका राजनीतिक आन्दोलनमा जस्तै यस वर्ष पनि प्रहरीलाई नै तारो बनाइएको बताउँदै उनले भने, ‘मुलभूत रुपमा नेपाल प्रहरीका थुप्रै संरचनाहरु आन्दोलनको क्रममा यसपाला पनि ध्वस्त भए । यसभन्दा पहिला पहिलाका आन्दोलनमा पनि नेपालको इतिहासमा थुप्रैचोटि भएका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोको रुपमा पर्छ ।’

‘यसलाई चाहिँ चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो पनि बनाउने, त्यस्तो पनि हुन्छ,’ उनले थपे ।

उनले यस्ता प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी आवश्यक रहेकोमा जोड दिए । त्यसतर्फ ध्यान दिन उनले सबै प्रहरी तथा कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।

‘नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले मात्रै मुलुकभरीमा शान्ति सुव्यवस्था कायम हुने यो शास्वत कुरा भएको हुनाले नागरिक र प्रहरीको सामिप्यतापूर्ण सम्बन्ध निरन्तर कायम राख्दै काम गर्न म हाम्रा सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिन्छु,’ आईजीपी कार्कीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

error: Content is protected !!