२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

काठमाडौँ उपत्यकाको ३ वटा प्रहरी कार्यालय पुनर्निर्माण पछी हस्तान्तरण,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर २९, २०८२

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए ।
सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी प्रदर्शनको क्रममा उच्छृङ्खल समूहले आगजनी गरेपछि त्यहाँको पुनर्निर्माणकाे नेतृत्व हास्य कलाकार केसीले गरेका थिए ।

नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा असोज ३१ मा ‘राता मकै’ लाई सम्मान पनि गरिएको थियो । प्रहरी वृत्त सातदोबाटो भवन सुरुमा निर्माण गर्दा पनि केसीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

प्रहरी वृत्त बौद्धको कार्यालय र ब्यारेक भवन पनि पुनर्निर्माण गरेर स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका छन् । जेनजी प्रदर्शनमा आगजनी भएको बौद्ध प्रहरीको भवन करिब करिब १ करोड ५० लाख लागतमा पुनर्निर्माण सम्पन्न भएको डीएसपी सन्तोष रोकाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!