२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङको नाका क्षेत्रहरुमा ८ वटा ससत्र प्रहरीको क्याम्प राखिने तयारीमा

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६


(बिदुर एमसी)
दाङ माघ ८ नेपाल भारतको सिमानामा बर्दी बिनाको सुरक्षाकर्मीले भुमिका निर्वाह गरिरहेको राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको नाकाहरुमा बसोबास गर्ने नेपाली नागरिकले अब साच्चिकै बर्दी सहितको सुरक्षाकर्मी पाउने भएका छन् ।
वि.स २०२० सालमा राजा महेन्द्र र रोल्पाका सांसद बालाराम घर्तीको राय सहमतिमा भारतीय रिटायर गोर्खा आर्मीलाई बास स्थानको लागि भनेर संसद हलमा निर्णय भएको थियो । तर पछि रोल्पा,रुकुम,सल्यान, प्युठान र दाङको पुर्बी भागका केही नागरिकहरु पनि सो स्थानमा बसाइँ सरेर बसोबास गर्न पुगेको त्यहाँका समाजसेवी एवम् जानकार चक्रबहादुर खड्का (शिखर)ले बताए ।
नेपाल सरकारले भारतीय रिटायर आर्मी बाहेक अन्य नागरिकलाई पछि हटाउन धेरै प्रयास गरेपनि त्यहाँ बसोबास गरेका नेपाली नागरिकले आफ्नो सिमानाको नेपाली भुमि लाई छोडेर फर्केर आउन मनै गरेनन् । बरु उनीहरुले विभिन्न संघर्षहरु गरेर सिमाको रक्षा सधै र हरपल गरिरहे ।
त्यहाँ सुरक्षाको हकमा कोइलावास प्रहरी चौकी र खाङ्ग्रा प्रहरी चौकी तथा अन्य स्थानहरुमा अस्थायी प्रहरी पोष्टहरु भएपनि भारतीय एस.एस.बिहरुको प्रत्येक नाकाको बस्तीमा क्याम्प खडा गरेर उनीहरु बसेका छन् र नेपाल प्रहरीलाई सिङको पनि नटेर्ने र शस्त्र प्रहरीलाई देखेपछि उनिहरुले टेर्ने गरेको स्थानीय हरुको भनाई रहेको छ ।
त्यसैगरी यस अघि गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलावासमा एक ससत्र क्याम्प, त्यसैगरी राजपुर गाउँपालिकाको वडा नम्बर ७ सुनपथरी नाकामा दोस्रो क्यामको रूपमा ससत्र क्याम्प भएपनि त्यसले मात्र सबै नाकालाई सुरक्षा प्रदान गर्न सम्भव नभएको हुँदा तत्काल अन्य ८ स्थानमा क्याम्प खडा हुने भएको हो ।
त्यस्तै अबको केही दिन भित्रमै राजपुर गाउँपलिकाको वडा नम्बर ६ खाङ्ग्रा नाकामा नेपाल ससत्र प्रहरीको तेस्रो क्याम्प बस्ने पूरा तयारी भैसकेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताएका छन् ।
हालै नेपाल सरकार तथा गृहमन्त्राल्यको निर्णय अनुसार तत्काल साना,ठुला नाका मिलाएर राजपुर गाउँपालिका तथा गढवा गाउँपालिका भित्रमा रहेको ३१ वटा नाकाका बस्तीलाई सुरक्षा प्रदान गर्नको लागि थप ८ स्थानमा शस्त्र प्रहरी बल क्याम्प खडा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।
त्यस्तै एक वर्ष भित्रमा क्रमश राजपुर गाउँपालिका र गढवा गाउँपालिका संग समन्वय गरेर अन्य स्थानमा क्याम्प खडा गर्नको लागि केही दिन अघि स्थलगत स्थानको निरक्षण भैसकेको प्रमुख अधिकारी रिजालको भनाइ रहेको छ । अधिकारीका अनुसार राजपुर गाउँपालिकाको वडा नम्बर ७ को भौवा नाका,भैसाही,दगमारा,खाङ्ग्रा,पटौली,सिरिया र गढवा गाउँपालिकाको वडा नम्बर ८ मुसि नाका भौरी सालमा गरि तत्काल एक स्थानमा १ इनिस्पेक्टरको कमान्डमा ३५ जनाको दरबन्दी गरि ८ स्थानमा क्याम्प खडा गरिने र अरु सिमा नाकामा क्रमश आवश्यक अनुसार ससत्र क्याम्प खडा गरिने जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!