२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

दाङको नाका क्षेत्रहरुमा ८ वटा ससत्र प्रहरीको क्याम्प राखिने तयारीमा

Logo
प्रकाशित बुधबार, माघ ०८, २०७६

(बिदुर एमसी)
दाङ माघ ८ नेपाल भारतको सिमानामा बर्दी बिनाको सुरक्षाकर्मीले भुमिका निर्वाह गरिरहेको राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको नाकाहरुमा बसोबास गर्ने नेपाली नागरिकले अब साच्चिकै बर्दी सहितको सुरक्षाकर्मी पाउने भएका छन् ।
वि.स २०२० सालमा राजा महेन्द्र र रोल्पाका सांसद बालाराम घर्तीको राय सहमतिमा भारतीय रिटायर गोर्खा आर्मीलाई बास स्थानको लागि भनेर संसद हलमा निर्णय भएको थियो । तर पछि रोल्पा,रुकुम,सल्यान, प्युठान र दाङको पुर्बी भागका केही नागरिकहरु पनि सो स्थानमा बसाइँ सरेर बसोबास गर्न पुगेको त्यहाँका समाजसेवी एवम् जानकार चक्रबहादुर खड्का (शिखर)ले बताए ।
नेपाल सरकारले भारतीय रिटायर आर्मी बाहेक अन्य नागरिकलाई पछि हटाउन धेरै प्रयास गरेपनि त्यहाँ बसोबास गरेका नेपाली नागरिकले आफ्नो सिमानाको नेपाली भुमि लाई छोडेर फर्केर आउन मनै गरेनन् । बरु उनीहरुले विभिन्न संघर्षहरु गरेर सिमाको रक्षा सधै र हरपल गरिरहे ।
त्यहाँ सुरक्षाको हकमा कोइलावास प्रहरी चौकी र खाङ्ग्रा प्रहरी चौकी तथा अन्य स्थानहरुमा अस्थायी प्रहरी पोष्टहरु भएपनि भारतीय एस.एस.बिहरुको प्रत्येक नाकाको बस्तीमा क्याम्प खडा गरेर उनीहरु बसेका छन् र नेपाल प्रहरीलाई सिङको पनि नटेर्ने र शस्त्र प्रहरीलाई देखेपछि उनिहरुले टेर्ने गरेको स्थानीय हरुको भनाई रहेको छ ।
त्यसैगरी यस अघि गढवा गाउँपालिकाको वडा नम्बर ८ कोइलावासमा एक ससत्र क्याम्प, त्यसैगरी राजपुर गाउँपालिकाको वडा नम्बर ७ सुनपथरी नाकामा दोस्रो क्यामको रूपमा ससत्र क्याम्प भएपनि त्यसले मात्र सबै नाकालाई सुरक्षा प्रदान गर्न सम्भव नभएको हुँदा तत्काल अन्य ८ स्थानमा क्याम्प खडा हुने भएको हो ।
त्यस्तै अबको केही दिन भित्रमै राजपुर गाउँपलिकाको वडा नम्बर ६ खाङ्ग्रा नाकामा नेपाल ससत्र प्रहरीको तेस्रो क्याम्प बस्ने पूरा तयारी भैसकेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताएका छन् ।
हालै नेपाल सरकार तथा गृहमन्त्राल्यको निर्णय अनुसार तत्काल साना,ठुला नाका मिलाएर राजपुर गाउँपालिका तथा गढवा गाउँपालिका भित्रमा रहेको ३१ वटा नाकाका बस्तीलाई सुरक्षा प्रदान गर्नको लागि थप ८ स्थानमा शस्त्र प्रहरी बल क्याम्प खडा गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिए ।
त्यस्तै एक वर्ष भित्रमा क्रमश राजपुर गाउँपालिका र गढवा गाउँपालिका संग समन्वय गरेर अन्य स्थानमा क्याम्प खडा गर्नको लागि केही दिन अघि स्थलगत स्थानको निरक्षण भैसकेको प्रमुख अधिकारी रिजालको भनाइ रहेको छ । अधिकारीका अनुसार राजपुर गाउँपालिकाको वडा नम्बर ७ को भौवा नाका,भैसाही,दगमारा,खाङ्ग्रा,पटौली,सिरिया र गढवा गाउँपालिकाको वडा नम्बर ८ मुसि नाका भौरी सालमा गरि तत्काल एक स्थानमा १ इनिस्पेक्टरको कमान्डमा ३५ जनाको दरबन्दी गरि ८ स्थानमा क्याम्प खडा गरिने र अरु सिमा नाकामा क्रमश आवश्यक अनुसार ससत्र क्याम्प खडा गरिने जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!