२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिहान् खाली पेटमा चिया खाँदा (क्यान्सर) हुने खतरा धेरै,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, पुष ०६, २०८२

काठमाडौँ । धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु ‘स्टेटस सिम्बल’ को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ ।

धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ । र, कहिल्यै खाली पेटमा चिया पिउनु हुँदैन । अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, क्यान्सर लाग्ने जस्ता गम्भीर रोग लाग्ने सम्भावना हुन्छ । चियासँग सधैँ केही न केही खानेकुरा खाने गर्नुपर्छ । धेरै चिया पिउँदा उमेर पनि कम हुँदै जाने अध्ययनमा उल्लेख छ ।

खाली पेटमा मात्र होइन खाना खाने वित्तिकै पनि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खानामा पोषक तत्व हुन्छ । खानामा भएको पोषक तत्व शरीरले सोस्नका लागि समय लाग्ने गर्छ । खाना खाने वित्तिकै पाचन प्रक्रिया सुस्त हुन्छ जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँदैन । जसको कारण मधुमेह जस्ता रोगहरु लाग्न सक्छ ।

मधुमेह यस्तो रोग हो जसले अन्य विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रित गर्छ ।

धेरै चिया पत्ती हालेको कडा चिया, धेरै बेर पकाएको दुध चिया, बारम्बार तताएको चिया पिउँदा एसिडिटीको पनि समस्या हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]