०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

अखिल नेपाल युवक संघ, दाङजिल्ला भेला सम्पन्न, जिल्ला समितीको नयाँ नेतृत्वमा आचार्य

Logo
ABC-Sanchar प्रकाशित आइतबार, पुष ०६, २०८२

दाङ । भालुवाङ नेकपा मसालको वैधानिक चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघ दाङ–देउखुरीको तेस्रो जिल्ला भेला शनिबार अपरान्ह दाङको देउखुरी- लमहीमा सम्पन्न भएको छ । भेलाले वसन्तराज आचार्यको अध्यक्षतामा दुई बैकल्पिक सदस्य सहित १३ सदस्यीय दाङ जिल्ला कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।

सो कार्य समितिको उपाध्यक्षमा श्रीराम भट्टराई, सचिवमा दिपक केसीलाई चयन गरिएको छभने सह–सचिव धुब्र बेल्बासे, कोषाध्यक्ष हिमाल एमसी चयन भएका छन् ।

जिल्ला कार्य समितिका सदस्यहरूमा मेगराज आले, तेजबहादुर चौधरी, राजु थापा क्षेत्री, मातृका घिमिरे, गोमा कँवरमगर र सुबास पुन पनि सर्वसम्मत चयन भएका कार्यक्रम स्थलबाट पत्रकार महेश रिजालले जानकारी गराएका छन् ।

त्यसैगरी चेतराम विक र एक स्थान रिक्त सहित सो संघको बैकल्पिक सदस्यहरु राखिएको छ । भेलाले संघको सल्लाहकारमा लेखराज आचार्य, चेतना बस्नेत, केशबराज आचार्य सुमन घर्तीलाई समेत चयन गरेको छ ।

अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष चित्रबहादुर महताराको अध्यक्षता तथा अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा वाईसियल सहित विभिन्न पार्टी निकट युवकहरूले ती संगठन परित्याग गरी अखिल नेपाल युवक संघ, दाङमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरूमा कृष्णबहादुर नेपाली, मदन भण्डारी, संदिप केसी, प्रदिप चलाउने, प्रबिन र सुवर्ण रायमाझी रहेका छन् ।

संघका जिल्ला उपाध्यक्ष अशोक खनालको स्वागत मन्तब्यबाट शुरू भएको भेलालाई युवक संघका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल सहित दाङ जिल्ला उपाध्यक्ष लेखराज आचार्य र प्रगतिशिल पत्रकार संघ नेपाल दाङ जिल्ला अध्यक्ष महेश रिजालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने चन्द्रप्रकाश आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!