०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

उदयपुरमा रमाना बुझेका प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष ०९, २०८२

काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरको कन्ट्रोलरुम सञ्चार शाखा दरबन्दीमा सरुवा भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट कात्तिक २३ गते रमाना बुझेका प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको मृत्यु भएको छ ।

इलाम जिल्लाको माईजोगमाई गाउँपालिका ३ नाम्सालिङ घर भई फुङलिङ नगरपालिका ५ वीरेन्द्र चौकमा डेरा बस्दै आएका ४३ बर्षीय देवानको हृदयाघातका कारण मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिए ।

डिएसपी गौतमका अनुसार घरमै बसिरहेको अवस्थामा अचानक बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो ।

चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको र पोष्टमर्टम रिपोर्टले हृदयाघातका कारण मृत्यु भएको पुष्टि गरेको डिएसपी गौतमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

error: Content is protected !!