०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बिरगंज ५ का वडाध्यक्ष प्रदीप चौरसियाले घरमा जबर्जस्ती प्रवेश गरी युवतीमाथि कुटपिट,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष १४, २०८२

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसियाले एक व्यक्तिको घरमा जबर्जस्ती प्रवेश गरी एक युवतीमाथि कुटपिट तथा हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। सार्वजनिक भएको उक्त भिडियोमा वडाध्यक्ष चौरसियाले घरभित्र पसी युवती र उनका परिवार माथि अभद्र व्यवहार गर्दै हातपात गरेको दृश्य देख्न सकिन्छ।

घटनापछि स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले वडाध्यक्षको यस्तो व्यवहारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। जनप्रतिनिधिबाटै कानुनविपरीत र हिंसात्मक व्यवहार हुनु गम्भीर विषय भएको भन्दै दोषीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

यस घटनाले जनप्रतिनिधिको आचरण, जिम्मेवारी र कानूनको पालना सम्बन्धी प्रश्न उठाएको छ। सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग तीव्र बन्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!