३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

सल्यान प्रहरीले कार्यालयहरुमा आपतकालिन फोन नम्बर सहितको स्टिकर टास्दै

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

(सागर थापा)
सल्यान माघ ९ जिल्ला प्रहरी कार्यालय सल्यान र सिद्ध कुमाख गाउँपालिकाको सहकार्यमा जनहितमा जारी सुचना र सल्यान जिल्लाका महत्वपुर्ण कार्यालयहरुको आपतकालिन फोन नम्बर सहितको स्टिकर सिद्ध कुमाख गाउँपालिकाका सबै वडाका घर हरूमा टास्ने कार्यक्रमको उद्घाटन भएकाे छ।
कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, जिल्ला प्रशासन सल्यानबाट प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक ढकेन्द्र खतिवडा, गाउँपालिका उपाध्यक्ष पुष्पा कुमारी बाेहरा, प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी लगाएत जनप्रतिनिधि, कर्मचारी, र स्थानीय बासिको उपस्थितिमा स्टिकर टास्ने कार्यको सुरुवात गरिएको हो।
आजबाट सुरु भएको यो कार्य गाउँपालिकाको सबै घर घरमा टास्ने र स्टिकरमा भएको जानकारीको बारेमा अवगत गराइनेछ।
त्यस्तै स्टिकरमा महत्वपुर्ण नम्बरहरुको साथमा बालविवाह हगर्न नहुने र गरेको पाइएमा दण्डनिय हुने आत्महत्या गर्नु कायरता भएको कुराकाे समेत जानकारी दिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]