०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

बाँके खजुरा क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा अबरुद्ध बिरामीको बिचल्ली,

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, पुष १५, २०८२

बाँके । खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा आएका रेडियोलोजिस्ट डा ठाकुर कोईरालाले एकाएक राजिनामा दिएर हिंडेपछि क्यान्सर अस्पतालको भिडियो एक्सरे सेवा अवरुद्ध भएको छ । लामो समय पार्टटाइम ज्यालादारीमा संचालन गरिएको भिडियो एक्सरे सेवा डा कोइराला आएपछि पूर्णरुपमा संचालनमा आएको थियो ।

भिडियो एक्सरे सेवाको अभावमा अस्पताल आएका बिरामीले दुःख पाइरहेकोमा डा कोइराला आएपछि सेवामा सहजता आएको थियो । तर एकाएक उनले राजिनामा दिएर हिँडेपछि एक साताबाट क्यान्सर अस्पतालको भिडियो एक्सरे सेवा बन्द भएको छ । क्यान्सर रोगको निदानको मुख्य अनुसन्धानकारुपमा आवश्यक भिडियो एक्सरे सेवा नै बन्द भएपछि अस्पतालको क्यान्सर उपचारमा नै समस्या हुन सक्ने अस्पतालका एक चिकित्सकले बताए ।

राजिनामा दिएका डा कोइरालाले भने सामान्य विषयमा समेत अस्पताल प्रशासनले समन्वय नगरिदिएपछि आफुले राजिनामा दिनु परेको गुनासो गरे । अस्पताल प्रशासनले सेवालाई प्रभावकारी बनाउने विषयमा उदासिनता देखाएका कारण आफुले राजिनामा दिएको बताए । स्रोतका अनुसार डा कोइरालाले रेडियोलोजि बिभागलाई प्रभावकारी बनाउन प्राबिधिक कर्मचारीको व्यवस्थापनबारे अस्पताल प्रशासन समक्ष केही माग राखेकोमा अस्पताल प्रशासनले माग सम्बोधन नगरेपछि उनले राजिनामा दिएको बुझिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा ज्वलन्त पौडेलले भने एकाएक राजिनामा दिएर हिँडेका कारण सेवा अवरुद्ध भएको बताए । उनले घरयासी कारण देखाएर राजिनामा दिएपछि सेवा रोकिएको बताउँदै मन्त्रालयबाट रेडियोलोजिस्ट माग गरिएको जनाए । मनत्रालयबाट नपठाए अस्पतालबाटै बिज्ञापन खोलिने उनको भनाई छ ।

यसअघि तत्कालिन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्वास्थ्य सचिवबाट एक महिना भित्र मन्त्रालयबाट रेडियोलोजिस्ट आउने भनिएपछि करिव ५ महिनापछि मात्र डा कोइराला क्यान्सर अस्पताल आएका थिए ।

खजुरा क्यान्सर अस्पतालले कर्णाली र सुदूरपश्चिमसम्मका क्यान्सरका बिरामीहरुलाई सेवा दिँदै आएको छ । यसअघि भरतपुर काठमाडौं र भारतको नयाँदिल्ल िपुग्न बाध्य यस क्षेत्रका क्यान्सरका बिरामीहरुलाई खजुरा क्यान्सर अस्पतालको सञ्चालनपछि निकै सहज बनेको छ ।

यद्यपी २०७२ सालमा संघीय सरकारले स्थानीयबाट स्वामित्व ग्रहण गरेको अस्पतालमा हाल सम्म शुन्य दरबन्दीमा सेवा प्रवाह हुँदै आएको छ । झण्डै ४ वर्ष अघि दरबन्दी (ओएनएम) सर्वे गरेर पठाइएपनि मन्त्रालयले भने पुनः अस्पतालको ओएनएम सर्वेको स्वीकृति पाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!