२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

ललितपुरको हत्याकाण्ड सुल्झाउने २ जना डीएसपी पञ्चलाल गोले र बेद पौडेल पुरस्कृत

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष १५, २०८२

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी पञ्चलाल गोले र वेद पौडेल छन् । पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा कार्यरत छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर शिव थापालाई पनि उपत्यका प्रहरी कार्यालय पुरस्कृत गरेको छ ।

अनुसन्धानमा संलग्न अन्य ४ जनालाई चाहिँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुरस्कृत गरेको छ । सिनियर अधिकृत ३ जना र जुनियर सहित ७ जनलाई पुरस्कृत गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले रातोपाटीलाई बताए । उनले भने, ‘हाम्रो कार्यालयबाट ३ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट ४ जनालाई पुरस्कृत गरिएको छ ।’

अभिलेखमा जनिने गरी पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक (सई) राम लामा र हवल्दार हस्त बहादुर साउद लगायत छन् । उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा हत्या गरिएका केशवराज हायु र पारुहाङ राईको हत्यामा संलग्नहरूको पहिचान गरेर पक्राउ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।