२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

तराईको जिल्लामा बढ्दो शीतलहर र मौसमका कारण स्कुलहरु बिदा

Logo
ABC-Sanchar प्रकाशित बुधबार, पुष १६, २०८२

पर्सा । वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक विद्यालय बिदा थप गर्ने निर्णय गर महानगरपालिकाले यसअघि पुस ७ गतेदेखि १४ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन स्थगित गरेको थियो । तर, मौसममा सुधार नआएपछि चिसो अझै नघटेको भन्दै थप तीन दिन बिदा बढाइएको हो ।

महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा थपिएको बिदाले भोली पुस १६ गतेदेखि १८ गते शुक्रवारसम्म विद्यालय बन्द रहने भएका छन् ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जानकारी दिएअनुसार, पुस १९ गते शनिवार रहेकोले पुस २० गते आईतबारदेखि मात्र विद्यालयहरू नियमित सञ्चालन हुने छ ।

यसअघि जारी सूचनामा पुस १५ गते तमु ल्होसारको सार्वजनिक बिदा परेको र मौसम सुधारको आशामा पुस १६ गतेदेखि विद्यालय खुल्ने उल्लेख थियो । तर, तराई क्षेत्रमा घना कुहिरो र शीतलहरको प्रभाव कायमै रहेकाले थप बिदा दिनुपरेको महाशाखाले जनाएको छ । बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।