२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

तुलसीपुर महोत्सवको सम्पूर्ण तयारी पुरा महोत्सव उट्घाटन गर्न पर्यटन मन्त्री आउने

Logo
प्रकाशित बिहिबार, माघ ०९, २०७६

(शरद रेग्मी)
तुलसीपुर माघ ९ माघ १० गतेदेखि सुरु हुन थालेको तुलसीपुर महोत्सवमा सिसी क्यामेरा मार्फत निगरानी गरिने भएको छ । बुधवार महोत्सवस्थलमा पुगेका उच्च सुरक्षा अधिकारीहरुले महोत्सव अवधिभर राम्रो सुरक्षा प्रवन्ध मिलाउने प्रतिवद्धता जाहेर गरेका छन् । उनीहरुले महोत्सवमा तीन तहको सुरक्षा व्यवस्था गरिने बताएका छन् ।
‘तुलसीपुर महोत्सव पर्यटनसंग पनि जोडिएकाले हामीले सुरक्षा व्यवस्थापनको तयारी गरिसकेका छौं, तीन तहको सुरक्षा व्यवस्थापन हुनेछ’— प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने ।
महोत्सव स्थलमा प्रदेश प्रहरी प्रमुख डिआईजी सुरेश विक्रम शाहा, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक प्रसाद भट्टराई, शशस्त्र प्रहरी वल ज्लालामाईका प्रमुख एसपी नारायणप्रसाद श्रेष्ठ र अनुसन्धानका एसपी टेकराज तिमिल्सेना स्थलगत निरिक्षणको लागि आएका थिए ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सिसी क्यामेरा जडान गरि त्यसवाट निगरानी गरिने तथा पशल विमाको समेत व्यवस्था गरिएको आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जानकारी दिए ।
महोत्सव मुल आयोजक समितिका संयोजक विरु रावतले महोत्सवमा तयारी लगभग पुरा भएको जानकारी दिए । ‘ हामीले सामाजिक उत्तरदायित्वका साथ यो महोत्सव लागउन लागेका हौं,’ रावतले भने ‘ यसमा समाजका सबैको सहयोग अपरिहार्य छ।’ दोघरेमा निर्माणाधिन बहुउदेश्य सभाहल निर्माण पुरा गर्न र टरिगाउँ एयरपोर्टको विकाशमा पनि महोत्सवले केही सहयोग गर्ने उदेश्य राखिएको उनले बताए ।
वाणिज्यसंघका महासचिव रुपवहादुर खत्रीले महोत्सवलाई सफल बनाउन ३१ वटा उपसमितिहरु खटिने जानकारी दिए । उनले कुनैपनि गुनासो नआउने गरि व्यवस्थापनको प्रयास भइरहेको बताए ।
महोत्सवमा ५ लाख दर्शक ल्याउने, १५ करोड जतिको कारोवार हुने र एक करोड बढी बचत गर्ने लक्ष्य राखिएको छ । महोत्सवको उद्घाटन गर्न पर्यटन मन्ँत्री योगेश भट्टराई आउने भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]