०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

हिलो र नदीमा फसेको बाघको बच्चाको समयमै उद्दार नहुँदा मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १७, २०८२

कंचनपुर । दोधाराचाँदनी नगरपालिका १ चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो । बुधबार बिहान बगिनी आमासँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वन, सहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए।

वन निकुञ्जको टोलीले बाघको बच्चा उद्दार गर्दा भावि दिनहरुमा बगिनीले गाँउमा आतंक मच्चाउने भन्दै छाडेका थिए । बिहान जिउँदै भेटिएको बाघको बच्चा साँझ मृत फेला परेको हो । अत्याधिक चिसोका कारण बाघको मृत्यु भएको स्थानीय एव सरोकारवालाहरुको भनाइ छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत सुरेन्द्रचन्द्र डिसीले बिहान निकुञ्जको टोली उद्दारमा गएको तर उद्दार नगरिकनै फर्किएपछि बाघको बच्चाको मृत्यु भएको दाबि गरेका छन् ।

‘बाघको बच्चा हिलो,पानीमा फसेको छ, यो चिसो मौषममा उद्दार गर्न गएको टोली किन फर्कियो? ‘उनले भने, ‘निकुञ्जका कर्मचारीको गैर जिम्मेबारीपनले घटना घटयो ।’ उद्दार गरेर जता डमरुकी आमा गई त्यतैतिरको जंसगलमा छाडिदिनुपर्ने वन अधिकृतको तर्फ छ । ‘उद्दारमा जाने डिएडिए खाने अनि यसरी वन्यजन्तु मर्न दिने काम राम्रो होइन,  ‘यस बारेमा वन मन्त्रालयदेखि सरक्षण फोरममा कुरा उठाउँछु, ‘उनले भने, ‘मैले घटना थाहा पाएपछि त्यतातिर गएको तर, मलाई सशस्त्र प्रहरीले डेढ दुई घण्टा रोकिदिएको र आफु पनि वनको हाकिम भएकाले उद्दार गर्ने मेरो दायित्व भनेर गए म जाँदासम्म बच्चा मरिसकेको थियो ।’ बरिष्ठ वन अधिकृत डिसीले बाघको बच्चा उद्दारका लागि निकुञ्ज प्रमुखसँग आफुले भनेको तर, उनले नै त्यो बच्चा मर्न देउ भनेर जवाफ दिएपछि हामी चिन्तित भएको दाबी गरेका छन् ।

तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघको बच्चाको संयोगले मृत्यु भएको बताए । शनिबार मात्रै बाघको आक्रमणबाट पुनर्वास नगरपालिका ६की सुना निरौलाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!