२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेतृत्व, सोच र कार्यशैली बदल्ने अवसर विशेष महाधिवेशन : राहुल गुप्ता

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, पुष २५, २०८२

पर्सा । बिरगंज नेपाली कांग्रेस पर्साका युवा नेता राहुल गुप्ताले पार्टीलाई वर्तमान राजनीतिक जडताबाट बाहिर निकाल्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको प्रस्ताव समयको माग भएको उल्लेख गर्दै उनले यसको खुलेर समर्थन गरेका हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको एजेन्डासहित आगामी २७–२८ पुसमा विशेष महाधिवेशन आह्वान गरिसकेका छन्। गुप्ताले यो पहल कांग्रेसलाई पुनर्जीवित गर्ने निर्णायक अवसर भएको बताउँदै सम्पूर्ण कांग्रेस युवाहरूलाई एकताबद्ध भएर विशेष महाधिवेशन सफल पार्न आह्वान गरे।

गुप्ताका अनुसार नेपाली कांग्रेस ऐतिहासिक रूपमा लोकतान्त्रिक पार्टी भए पनि पछिल्लो समय पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको छ। “विधि, विधान र पारदर्शिताको कुरा धेरै हुन्छ, तर व्यवहारमा नेतृत्व परिवर्तन र नीतिगत सुधारप्रति गम्भीरता देखिँदैन,” उनले भने, “यही कारण पार्टी र जनताबीचको सम्बन्ध कमजोर बन्दै गएको छ।”

भदौ २३ र २४ मा देखिएको जेन–जी आन्दोलनपछि देशको राजनीति सामान्य अवस्थामा नरहेको उल्लेख गर्दै उनले असाधारण परिस्थितिमा असाधारण निर्णय आवश्यक हुने बताए। “युवाहरू सडकमा उत्रिनु केवल आक्रोश होइन, यो नेतृत्व र प्रणाली परिवर्तनको स्पष्ट सन्देश हो,” उनले भने, “त्यही सन्देशलाई आत्मसात् गर्दै गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रस्ताव ल्याउनु साहसिक, दूरदर्शी र जिम्मेवार कदम हो।”

उनले नियमित महाधिवेशनको बहानामा यथास्थितिलाई जोगाइराख्ने प्रयास कांग्रेसकै भविष्यका लागि घातक हुने चेतावनी दिए। “चुनाव नजिकिँदै गर्दा पार्टीलाई थप अल्झाउने होइन, स्पष्ट राजनीतिक दिशा र भरोसायोग्य नेतृत्वसहित जनतामाझ जानु आवश्यक छ,” गुप्ताले भने, “विशेष महाधिवेशनले नेतृत्व मात्र होइन, पार्टीको सोच, कार्यशैली र निर्णय प्रक्रियामा समेत व्यापक सुधार ल्याउनेछ।”

गुप्ताका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको मुद्दा कुनै व्यक्ति विशेषको आकांक्षा नभई लाखौं कांग्रेस कार्यकर्ताको सामूहिक आवाज हो। “यो युवाहरूलाई नीति निर्माण र नेतृत्वको केन्द्रमा ल्याउने अभियान हो,” उनले भने, “यदि कांग्रेसले आफ्नै पार्टीभित्र युवाको आवाज सुन्न सक्दैन भने देशको लोकतन्त्र बलियो बनाउने अपेक्षा गर्नु अर्थहीन हुन्छ।”

अन्त्यमा उनले विशेष महाधिवेशनलाई केवल कांग्रेसको आन्तरिक मामिलाका रूपमा नहेर्न आग्रह गरे। “यो कांग्रेसलाई पुनर्जीवित गर्ने अभियान मात्र होइन, देशको लोकतान्त्रिक भविष्य सुरक्षित गर्ने ऐतिहासिक अवसर पनि हो,” उनले जोड दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]