२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

राष्ट्रियसभामा निर्वाचित प्रदेश पाँचमा नेकपाका उम्मेदवारहरु विजयी

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

(एबिसी संचार)
दाङ, माघ १० राष्ट्रियसभा सदस्यका लागि विहीवार दाङमा भएको निर्वाचनमा प्रेदश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन् ।सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् । दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । उनले दाङको निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीसंग पराजित भएका थिए । रुकुमवाट निर्वाचन पूर्व बसाई सराई गरेर तुलसीपुर झरेका उनी नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दशन शर्माका आफन्त पनि हुन । शर्मा नेकपा प्रदेश नं. ५का सचिव पनि हुन ।
राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौंको बीचमा प्रतिपर्धा भएको थियो । नेकपा र कांग्रेस बाट समान तीन÷तीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिपर्धा गरेका थिए ।
कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहमद हलवाई र अन्यबाट अर्घखाचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए । त्यस्तै समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए । त्यसैगरी राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो ।
प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । राष्ट्रियसभा सदस्य चुन्न दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि बेलुका ४ बजेसम्म मतदान भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!