२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दर्पन पोष्टका सम्पादक र निर्देशकले पाए सफाइ

Logo
प्रकाशित शुक्रबार, माघ १०, २०७६

(एबिसी संचार)
माघ ९, काठमाडौं । दर्पण पोष्ट डिजिटल पत्रिकाका सम्पादक र निर्देशकले सफाइ पाएका छन । मंगलबार जिल्ला अदालत झापाले पत्रिकाका सम्पादक टंक सुनार र निर्देशक विमल भट्टराइलाई सफाई दिएको हो ।
गत बैसाख ९ गते झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले लिखि गाली वैजती गरेको भन्दै ३ बर्ष कैद र ७० हजार रुपैया विगो माग दाबी सहित जिल्ला अदालत झापामा मुद्धा दायर गरेका थिए ।
२०७५ चैत्र ११ गते दर्पण टिभि डट कम मा प्रकाशित बलात्कारको मुद्धा मिलाउँछु भन्दै गाउँपालिका प्रमुख फरार शीर्षकको समाचारको बिषयलाई लिएर नाम मिल्दो जुल्दो भएको आधारमा गाउँपालिका अध्यक्षले लिङ्देनले मुद्धा दायर गरेका थिए । जिल्ला अदालत झापाले माघ ७ गते मंगलबार मुद्धा खारेज गरीदिएको हो । मुद्धा लड्नका लागि फ्रिडम फोरम नेपालले सहयोग गरेको थियो । भट्टराइ धेरै मिडियामा आबद्ध पनि हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!